Home समाचार रौतहटमा विद्युतीय ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ

रौतहटमा विद्युतीय ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,

रौतहट ।

रौतहटको विभिन्न ठाउँबाट विद्युतीय ट्रान्सफर्मरका समानहरु चोरी गर्ने गिरोहका नाइकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । ट्रान्सफर्मर भित्र रहेका तमाका तार चोरी गर्ने गिरोह रौतहटका गरुडा नगरपालिका–६ पोठियाहीका अशोक साह, कटहरिया नगरपालिका–१ भसेढवाका रामलाल महतो, वीरेन्द्र राय र सुखल महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्लाका विभिन्न स्थानमा जडान भएका विद्युतीय ट्रान्सफर्मर एकपछि अर्को चोरी भएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । गरुडा नगरपालिका–४ का लक्ष्मीप्रसाद चौधरीको घरबाट ट्रान्फर्मरको तार ३ क्वीन्टल प्रहरीले बरामद गरेको थियो भने चोरीमा संलग्न भएका चारै जनालाई पक्राउ गरिएको रौतहटका प्रहरी नायव उपरीक्षक उमाशंकर यादवले बताए ।

पक्राउ परेकाहरूले विभिन्न उपकरणको सहायताले पोलबाट तार काटेर ट्रान्सफर्मर तल झारी ट्रान्सफर्मरभित्र रहेका तामाका तारलगायत अन्य महँगो सामान झिक्ने गरेको बताइएको छ ।

पक्राउ परेकाहरुको साथबाट तामाका तार, तीन वटा मोटरसाइकल, एउटा आइफोन र तीन वटा अन्य मोबाइल बरामद गरिएको प्रहरी जनाएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट चोरीसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक यादवले मध्यान्हलाई बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.