Home समाचार साप्ताहिक पत्रिकाको लोककल्याणकारी विज्ञापन नरोक्न माँग गर्दै वीरगंज महानगरलाई ज्ञापन

साप्ताहिक पत्रिकाको लोककल्याणकारी विज्ञापन नरोक्न माँग गर्दै वीरगंज महानगरलाई ज्ञापन

by अंकुश दैनिक
4 views

वीरगंज ।

वीरगंज महानगरपालिकाले आउँदो आर्थिक वर्ष ०८०/०८१ देखि साप्ताहिक पत्रिकाहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध नगराउने मनसाय राखी नयाँ सूचीकरणको लागि सूचना आव्हान गरेकोमा वीरगंजबाट प्रकाशित साप्ताहिक पत्रिकाका संचालकहरुले विरोध गरेका छन् ।
उनीहरुले साप्ताहिक पत्रिका संघर्ष समिति बनाएर विभिन्न माँग सहित वीरगंज महानगरका प्रमुख राजेशमान सिंहलाई बुधवार ज्ञापन पत्र बुझाएका छन् ।
जनतालाई सूचना प्रवाह गर्ने एक मात्र माध्यम साप्ताहिक पत्रिकाबाट शुरु भएको ऐतिहासिक कुरालाई स्मरण गर्न संघर्ष समितिले आग्रह गरेको छ ।
साप्ताहिक पत्रिकाहरुले पाउँदै आएको लोककल्याणकारी विज्ञापन आर्थिक वर्ष ०८०/०८१ देखि नदिने गरि सूचीकरण अद्यावधीक नगरिएकोमा संघर्ष समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
वीरगंजबाट प्रकाशित साप्ताहिक पत्रिकाहरुको संरक्षण एवं प्रवर्द्धनमा वीरगंज महानगरपालिकाको मुख्य भुमिका रहेको तथ्यलाई स्मरण गराउँदै संघर्ष समितिले लाकेकल्याणकारी विज्ञापनलाई निरन्तरता दिदै हालको दररेट बढाउन माँग गरेको छ ।
समितिले साप्ताहिक पत्रिकालाई वर्षमा चार वटा चाडपर्वमा प्रकाशित हुने शुभकामना विज्ञापन लोककल्याणकारी विज्ञापनमा समावेश नहुने गरी छुट्टै दररेट निर्धारण गरी उपलब्ध गराउन र वीरगंज महानगरपालिकाको आम संचार प्रवर्द्धन समितिमा साप्ताहिक पत्रिकाको तर्फबाट पनि अनिवार्य रुपमा प्रतिनिधि राख्न समेत माँग गरेको समितिका संयोजक शेषमन पंडितद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.