Home Top News दोहोरो नागरिकता लिने माथि भएन कारवाही

दोहोरो नागरिकता लिने माथि भएन कारवाही

by अंकुश दैनिक
87 views

 

सत्येन्द्र प्रताप सिंह,

रौतहट ।

रौतहटको राजपुर नगरपालिकाको वडा नं ३ मा रहेको आमिन मियाँ धुनियाका ज्वाइँ छोरा हाल ३ साविक वडा नम्बर ९ का अन्दाजी ४० वर्षिय नजरुदिन मंसुुरीले भारतको सितामढी जिल्ला अन्तर्गत रहेको गा.वि.स.परसौनीबाट दोहोरो नागरिकता लिएको प्रमाण भेटिएको छ ।

मानिस एउटै भए पनि भारतीय आधार कार्डमा नजरे आलम मंसुुरी तथा भोटर आइडी कार्डमा आलम मंसुरी नाउँ थर फरक फरक लेखिएको छ । 

नेताको संरक्षणमा उम्की रहेको हुँदा जिल्ला प्रशासनद्वारा कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पत्रचार हुँदा पनि उनलाई पक्राउ गर्न प्रहरीलाई चुनौतीको विषय बनेको हो।

नजरुदिनले आफ्ना ससुरा आमिन मियाँलाई बुबा बनाई नागरिकता प्राप्त गरेका छन्। आमिन मियाँको छोरा मुस्तुफा मंसुुरीले आफ्नो दाई सावित गरी नागरिकता प्राप्त गरेको र उक्त व्यक्ति हाल फरार रही जिल्ला प्रहरी कार्यालय रौतहटमा पटक पटक जानकारी गराए ता पनि प्रहरीले अटेरी गरेको उजरीकर्ता कमरे आलमले बताए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.