Home Top News सरकारमा सहभागी सात दलका शीर्ष नेताहरुको वैठक बालुवाटारमा जारी

सरकारमा सहभागी सात दलका शीर्ष नेताहरुको वैठक बालुवाटारमा जारी

by अंकुश दैनिक
1 views

काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध सात दलको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसिरहेको छ ।

 

प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सदनमा पेश गरिएको मिटरब्याजविरुद्धको अध्यादेश, प्रतिपक्षी एमालेको संसद अवरोध लगायतका विषयमा छलफल हुने बताइएको छ।

 

यसअघि बुधबार एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद अवरुद्ध गरेको थियो। । सदनमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमालेको अवरोध जारी रहेकाले सो बारेमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

 

जारी बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति र जनमत पार्टीका नेताहरुको सहभागीता रहेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.