Home Top News कोचिङ क्लास बन्द भएपछि विद्यार्थीहरूकाे भविष्य अन्योलमा

कोचिङ क्लास बन्द भएपछि विद्यार्थीहरूकाे भविष्य अन्योलमा

by अंकुश दैनिक
0 views

राम बिश्वस चौधरी,

वीरगन्ज।

पर्साको कालिकामाई गाउँपालिका वडा नं २ भेडिहारीमा रहेको श्री सुकई साह माध्यमिक विद्यालयमा भइरहेको कोचिङ क्लास बिना कुनै कारण उलेख गरी बन्द गर्न वडाबाट आएको पत्र अनुसार क्लास बन्द भएपछि सामाजिक सञ्जालमा विवादित बनेको यो विषय बारे विद्यार्थीहरू संग प्रत्यक्ष भेटघाट गरी कुराकानी गर्न कालिकामाई युवा समाज विद्यालयमा पुगेको थियो ।

विद्यालयको प्र.अ रामविश्वास प्रसाद चौरसिया विद्यालयमा नभेटेपछि युवा समाजको अध्यक्ष आकाश चौरसियाले फोन संपर्कबाट कुरा गरी वडा कार्यालयबाट आएको पत्रमा कुनै कारण उलेख नभएपनि आफू कुन आधारमा पत्र बुझेको कुरा सोधेपछि कोचिङ क्लासको लागि पैन नम्बर आवश्यक पर्छ तर यहाँका कोचिङको कुनै ( PAN) पैन नम्बर नभएको हुनाले कोचिङ गराउन नमिल्ने जवाफ दिए।

युवा समाजका अध्यक्ष चौरसिया र उपाध्यक्ष आकाश महतोले कक्षा ९ र १० का विद्यार्थीहरु संग यस बारे कुराकानी गर्दा आफूहरु अतिरिक्त अभ्यासको लागि कोचिङ क्लास गर्दै आएको ३ महिना भयो तर एकासी वडाले पठाएको बिना कारणको पत्र आफूहरु कोचिङ क्लासमा पढ्दै गरेको कोर्स अलपत्र पार्नु अस्वाभाविक रहेको बताउँदै हाम्रो विद्यालयमा स्वास्थ्य र विज्ञानको शिक्षक परिपूर्तिको लागि प्र.अ देखि पालिका सम्म बारम्बार आग्रह गरेपनि त्यसको लागि शिक्षक पूर्ति गर्नुको साटो आफू पढ्दै गरेको क्लास बन्द गरी शिक्षाको अधिकारबाट वञ्चित गर्न खोज्नु मौलिक हकको विरुद्ध भएको कुरा प्रति आपत्ति जनाएका थिए ।

वडा अध्यक्ष सोनालाल प्रसाद चौरसिया संग भेट्न युवा समाज वडा कार्यालयमा पुग्दा वडा अध्यक्ष संग भेट हुन नसकेपछि फोन संपर्कमा कुरा गर्दा कोचिङमा बिद्यार्थीहरु भितामा गलत कुराहरु लेख्दै गरेको र समाजमा विकृति तुल्याउने क्रियाकलाप देखाएको हुनाले आफूहरु बाध्य भएर यस्तो कदम उचालेको जवाफ दिएका थिए।

विद्यालयको प्र.अ रामविश्वास चौरसिया र वडा अध्यक्षले दिनुभएको कोचिङ क्लास बन्द गर्नुको कारणमा एकरूपता नभेटेको कारण यथासिघ्र विद्यार्थीको समस्या समधान गरी पढ्ने वातावरण नमिलाएपछि आफूहरु आईतबार देखि कडा कदम चाल्ने युवा समाजको अध्यक्ष चौरसियाले जानकारी दिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.