Home Top News मधेस समृद्ध नभए देश समृद्ध हुँदैन : अमेरिकी विधायक भण्डारी

मधेस समृद्ध नभए देश समृद्ध हुँदैन : अमेरिकी विधायक भण्डारी

by अंकुश दैनिक
2 views

बाल्टिमोर।

संयुक्त राज्य अमेरिकाको मेरील्याण्ड राज्यसभाको सदस्य(डेलिगेट) विधायक डा. ह्यारी भण्डारी र नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान बिच आज विधायक भण्डारीको कार्यकक्षमा भेटवार्ता भएको छ ।

सो भेटवार्ताको कर्ममा विधायक भण्डारीले मधेसलाई अधिकार दिएर मधेसलाई समृद्ध नबनाइकन नेपालको समृद्धि नहुने बताउनुभयो । बिगत कैयौं बर्ष देखि सिमानाकाको रक्षा गरेर बसेको मधेसी समुदायको राष्ट्रियता माथि पटकपटक औंला ठड्याउनु आफैमा विडम्बनापूर्ण भएको विधायक भण्डारीले बताए । नेपालमा भारतलाई चर्को गाली दिएर आफुलाई राष्ट्रवादी ठान्ने प्रचलन बढ्दै गएकोमा उन्ले चिन्ता समेत व्यक्त गर्नुभयो ।


विधायक भण्डारीले देशलाई समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको बिकासको निति लिए मात्र देश समृद्धिको बाटो लिन्छ ।

संघीयतालाई सुदृढ र सुन्दर बनाउनका निम्ति शक्ति पृथकीकरणको सिद्धान्तलाई अँगालेर पावर सेयरिङ गरेर अगाडि बढ्नुपर्ने हुन्छ । संघीयता आफैंमा एउटा सुन्दर व्यवस्था हो र प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएकोले यसको सुन्दर पक्षलाई समेटेर अगाडि बढ्नुपर्ने हुन्छ ।

शरणार्थी प्रकरणको चर्चा गर्दै उन्ले यो गरिबीको कारणले जटिल समस्या उत्पन्न भएको र यसको गहन अनुसन्धान गरी दोषीलाई कारवाही गर्न जरुरी भएको भन्दै निर्दोषलाई चाहिँ फसाउनु नहुने चर्चा गर्नुभयो ।

नेपाली मूलका अमेरिकीहरुका लागि विभिन्न कार्य गरेर चर्चामा आएका उनले मुख्यरुपमा नेपालीहरुको महान चाड दशैंलाई कोमोमोरिटिभ मान्यता दिएको र दशैंबारे विभिन्न शिक्षण संस्थाहरुमा समेत पढाइ हुने विधयेक मेरिल्याण्ड राज्यका दुबै संसदबाट पारित गराएका थिए ।

सो अवसरमा बाल्टिमोरमा व्यवसाय गरेर बसेकी युवा उद्यमी अन्जिता श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.