Home समाचार कालिकामाई गाउँपालिका भित्रको अनियमितता विरुद्ध युवा संगठनहरु एकजुट

कालिकामाई गाउँपालिका भित्रको अनियमितता विरुद्ध युवा संगठनहरु एकजुट

by अंकुश दैनिक
2 views

राम बिश्वास चौधरी,

बिरगंज ।

पर्साको कालिकामाई गाउँपालिका अन्तर्गतका शैक्षिक तथा स्वास्थ्यका समस्या समधानको लागि र विकासको नाममा गरिएको अनियमितता विरुद्ध कालिकामाई युवा समाज,ने.बि.संघ, तिन्डोभिया युवा क्लब लगायतका युवाहरुको टोलीले संयुक्त रूपमा पालिकाको वडा नं २ भेडिहारी स्थित श्री सुकई साह मा.बि. र वडा नं १ तिन्डोभियामा रहेको स्वास्थ्य चौकीको स्थलगत अनुगमन गरेका छन् ।

संयुक्त युवाहरुको टोलीले श्री सुकई साह मा.बि. मा विद्यालयमा पुगी विद्यालयका प्र.अ. रामविश्वास प्रसाद चौरसिया संग कुरा गर्न खोज्दा आफू संग कुरा गर्ने समय नभएको बताएपछि युवाहरुले १० मिनेटको समय मात्र मागे पनि तपाईंहरू यसरी वडा कार्यालयको सिफारिस नलिकन विद्यालयमा प्रवेश गर्न नपाउने कुरा गरेपछि युवाहरु आक्रोसित बनेका थिए ।

प्र.अ चौरसियाले कुरा गर्न तयार भएपछि युवाहरुले विद्यालयमा शिक्षक अभाव भएको कुरा तपाईंले पालिकामा पेश गर्नुभएको लिखितको फोटो कपी र शिक्षकहरूको दैनिक हाजरी हेर्ने प्रस्ताव राखे ।

विद्यालयको प्र.अ ले आफु कुनै पनि हालतमा वडा अथवा पालिकाको पत्र बिना यो प्रस्ताव स्वीकार्य नगर्ने बताएपछि युवाहरुले सूचनाको हक हाम्रो मौलिक अधिकार भएकोले तपाईं जसरी पनि माग गरेको कुरा उपलब्ध गराउनै पर्छ भने पछि प्र.अ ले प्रहरी बोलाई संयुक्त युवा संगठनहरुलाई धम्काउने प्रयास गरेपछि विद्यालयको अवस्था तनावग्रस्त बनेको थियो ।

प्र.अ का अनुसार युवाहरुले उक्त वडाका सदस्य विजय साह र संजय शर्मालाई बोलाई आफूले माग गरेको कुराहरू उपलब्ध गराउन भनेपछि तपाईंहरू बिना जानकारी गराई एक्कासी विद्यालयमा आएको हुनाले आफूले शिक्षक हाजरी कुनै पनि हालतमा हेराउन नमिल्ने बताए।

अन्त्यमा विद्यालयको शिक्षकहरूको दबाब पछि प्र.अ ले हाजरी हेराउन तयार भए पनि आफूले शिक्षक माग गरेको प्रतिलिपि अर्को दिन उपलब्ध गराउने वाचा गरेपछि संयुक्त युवा संगठनहरु विद्यालयबाट फर्केका थियो ।

संयुक्त युवा संगठनहरुको अनुगमन टोली वडा नं १ को तिन्डोभिय स्थित स्वास्थ्य चौकीमा पुग्दा त्यहाँको स्वास्थ्य चौकी व्यवस्थित नरहेको हुनाले त्यहाँको जनताले खेपनु परेको सास्ती बारे आवश्यक पहलको लागि पालिकाको कार्यालय हरिहरपुर विर्तामा पुगि जानकारी गराका थिए ।

 

पालिकाको विकास निर्माणको नाममा गरिएको तरकारीको बीउ वितरण,धारा जडान,पंखा वितरण र बाटो निर्माणमा समेत भएको अनियमितता बारे उजुरी दिन गाउँपालिकाको कार्यालयमा संयुक्त युवा संगठनहरु पुग्दा कार्यालयमा कुनै पनि सम्बन्धित कर्मचारीहरु नभेटेपछि युवाहरु प्रमुख प्रशासकिय अधिकृत नमोनाथ यादव संग कुरा गर्न खोज्दा उहाँसंग सम्पर्क नभेटेपछि निकटतम व्यक्तिलाई सम्पर्क गरी यादव संग कुरा गर्नुपर्ने प्रस्ताव पठाउँदा आफू अहिले कोहीसँग कुरा नगर्ने जवाफ दिएपछि संयुक्त युवा संगठनहरुले पालिकाको सूचना पाटी र प्रशासकिय अधिकृतको कार्यकक्ष अगाडि संयुक्त विज्ञप्ति टाँसी घर फर्केका थिए ।

संयुक्त युवाहरुको अनुगमन टोलीमा कालिकामाई युवा समाजका अध्यक्ष आकाश चौरसिया,ने.बि.संघ कालिकामाइका अध्यक्ष राजेश कुशवाहा, तिन्डोभिया युवा क्लबका अध्यक्ष कृष्ण पटेल लगायतका युवाहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.