Home समाचार जसपा पर्साका पदाधिकारी एवं सदस्यहरुद्वारा पद तथा गोपनियताको सपथ

जसपा पर्साका पदाधिकारी एवं सदस्यहरुद्वारा पद तथा गोपनियताको सपथ

by अंकुश दैनिक
2 views

वीरगंज ।

जनता समाजवादी पार्टी पर्साकाे पदाधिकारी एवं सदस्यहरुको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम आज कुर्मी सेवा सदनमा एक विशेष समारोहका बीच सम्पन्न भएको छ ।

 

जसपाका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा आयाेजित कार्यक्रममा जसपाका केन्द्रीय राजनीतिक समिति सदस्य सुरेन्द्र प्रसाद कुर्मिले जेष्ठ १५ गते मनोनयन गरिएका उपाध्यक्षत्रय अजय प्रसाद चौरसीया नागेन्द्र प्रसाद यादव र मिथिलेश सिंह,उपसचिवद्वय नुर आलम अन्सारी र सुनिल कुशवाहा र एकजना कोषाध्यक्षसहित गरी कुल ७५ जना पदाधिकारी एवं सदस्यहरुलाई पद तथा गोपनियता शपथ ग्रहण गराएका हुन् ।

कार्यक्रममा मनोनीत गरिएकाहरुलाइ गमछा र टीका लगाइ सम्मान पनि गरिएको कार्यक्रम संचालक एवम् जिल्ला सचीव तबरेज अहमदले बताउनु भयो।

 

कार्यक्रमका प्रमुख अतिथि सुरेन्द्र प्रसाद कुर्मिले बोल्दै आजको कार्यक्रमले नेता र कार्यकर्तामा थप उत्साह ल्याउने दाबी गर्नु भयो र अब यो समितिलाई गाउँ गाउँ र टोल टोल पुगि संगठनलाई थप चुस्त दुरुस्त बनाउने उनले निर्देशनसमेत दिए।

 

कार्यक्रममा केन्द्रिय सदस्य रेखा साह, संघीय शिक्षक फोरमका केन्द्रिय सदस्य हरेन्द्र चौरासीया, शेख खुर्सेद , जयनारायण पटेल, प्रदिप जयसवाल लगायत विभिन्न तहका नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको सचिव अहमदले जानकारी दिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.