Home Top News शुद्धिकरणमा बदनियत नराख्न पर्साका तीनवटा पत्रकार संगठनहरुकाे मांग

शुद्धिकरणमा बदनियत नराख्न पर्साका तीनवटा पत्रकार संगठनहरुकाे मांग

by अंकुश दैनिक
0 views

वीरगञ्ज ।

पर्साका तीनवटा पत्रकार संगठनहरुले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरणको वैधानिकतामाथि प्रश्न उठाएका छन् ।

 

प्रेस युनियन, प्रेस सेन्टर र समाजवादी प्रेस संगठले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्णयले देशभर पत्रकारहरुको शुद्धिकरण, नवीकरण र नयाँ सदस्यता सम्बन्धी मापदण्ड निर्धारण गरेर महासंघका शाखा तथा प्रदेशहरुलाई समयमा सदस्यताको टुंगो लगाउन भनेपनि पत्रकार महासंघ पर्सा शाखाले अहिलेसम्म त्यसको कुनै आधिकारिक निर्णय सार्वजनीकरण नगरेकोप्रति गम्भीर ध्यानकर्षण भएको जनाएका छन् ।

 

 

 

तीनवटै पत्रकार संगठनहरुले पत्रकार महासंघ पर्सा शाखाले विधि, प्रकृया, नीति, सिद्धान्त कुनै प्रकृया नमिलाई पठाएको शुद्धिकरणको सूची अमान्य घोषणा गर्न नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बन्जारालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

 

युनियनका पर्सा अध्यक्ष विजय चौहान, सेण्टरका पर्सा अध्यक्ष दीपक गौतम र समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेलले संयुक्त रुपमा हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र आइतवार नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिलाई बुझाइएको हो ।

 

साथै तीनवटै संगठनले पत्रकार महासंघ पर्साले गरेको निर्णय आधिकारिक रुपमा सार्वजनिक नभई व्यक्तिले कुनै अमुक सूचना मार्फत सार्वजनिक गरेको भन्दै गम्भीर ध्यानकर्षण जनाएका छन् । उनीहरुले विज्ञप्तीमार्फत कारवाहीको माग पनि गरेका छन् ।

 

पत्रकार महासंघ पर्साले गरेको सांगठनिक निर्णयको संस्थागत रुपमा जानकारी हुनुपर्ने वा सार्वजनिक गर्नुपर्नेमा संगठनको गोपनीयता नै भंग गर्ने खालको व्यक्ति मार्फत बैठकको निर्णय पुस्तिकामा भएका निर्णयहरु नै अमुक माध्यमबाट सार्वजनिक हुनुले संस्थाको गोपनीयता माथि नै गम्भीर प्रश्न उठेको र निर्णय सार्वजनिक गर्ने अनधिकृत व्यक्तिको पहिचान गरी कारवाही गर्न माग समेत गरेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.