Home Top News मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त: ५ जनाको मृत्यु

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त: ५ जनाको मृत्यु

by अंकुश दैनिक
0 views

काठमाडौँ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।

मनाङ एयरको ९एनए–एमभी कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

सुर्केबाट आज बिहान १० बजे काठमाडौँका लागि उडेको हेलिकप्टर सवा १० बजे लाम्जुरापास क्षेत्रबाट सम्पर्कविहीन भएको थियो।

हेलिकोप्टरमा चालकसहित ६ जना रहेकोमा अहिलेसम्म ५ वटा शब भेटिएको छ । उनीहरुको पहिचान खुलेको छैन । हेलिकोप्टरमा पाँच मेक्सिकन नागरिक र नेपाली चालक रहेका थिए ।

प्रहरीले घटनास्थलमा पुगेर उद्धारको काम सुरु गरिसकेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.