Home समाचार १२ किलो गाँजासहित युवक पक्राउ

१२ किलो गाँजासहित युवक पक्राउ

by अंकुश दैनिक
1 views

राम बिश्वास चौधरी,

वीरगन्ज।

पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ सेमरबारीबाट लागु औषध गाँजासहित एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पर्साकै कालिकामाई गाँउपालिका वडा नम्बर ५ का ३३ वर्षिय बृज किसोर पासवान रहेका छन् । प्रहरीले उनलाई १२ किलो गाँजासहित पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीको टोलीले सेमरबारीमा पासवानलाई रोकेर चेकजाँच गर्दा उनले बोकेको झोला भित्रबाट १२ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

गाँजासहित पक्राउ परेका पासवानलाई ईलाका प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.