Home समाचार काँग्रेस केन्द्रीय समिति बैठक आजदेखि

काँग्रेस केन्द्रीय समिति बैठक आजदेखि

by अंकुश दैनिक
0 views

काठमाडौँ ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुदैँछ ।

यसअघि तय भए अनुसार केन्द्रीय कार्यालय सानेपामा बुधवार दिउँसो १ बजे बैठक सुरु हुनेछ ।

अघिल्लो वर्ष साउनमा बैठक बसे पछि केन्द्रीय समिति बैठक अझै बस्न सकेको थिएन, झन्डै एक वर्ष पछि बस्न लागेको उक्त बैठकमा यसबिचमा भएका निर्णयहरू अनुमोदन गराउने देखी भातृ सङ्गठन सम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा पुनर्विचार गरिने भएको छ ।

गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको एजेन्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने भएको छ ।

यसै गरी, महाधिवेशन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा निर्णय गरिनेछ । जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने जनाइएको छ ।

साथै, सङ्गठनको कार्य योजना, कार्य तालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुने जनाइएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.