Home समाचार ४१ औं विपी स्मृति दिवसकाे अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

४१ औं विपी स्मृति दिवसकाे अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

by अंकुश दैनिक
0 views

राम बिश्वस चौधरी,
पोखरिया ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । स्मृति दिवसकै अवसरमा पर्साको जिराभवानी गाउपालीकामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र प्रदेश सभा सदस्य शंकर प्रसाद चौधरीको बिशेष आतिथ्यमा एक कार्यक्रमका बिच जिराभवानी गाँउपालीका वडा नं २का स्व. माहादेव महतो स्मृति भवनमा वृक्षारोपण गरी कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा जिराभवानी गाँउपालिकाका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी,वडा नं १ देखि ५ सम्मका नेपाली काङग्रेसका युवाहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको संञ्चारकर्मी हरीकिशोर शर्माले जानकारी दिनुभयो ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागी कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ ।

साथै स्मृति दिवसकै अवसरमा पर्साको जगरनाथपु्र गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादवको अध्यक्षता र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रिजालको प्रमुख आतिथ्यतामा कालिकामाई गाउपलिकामा पनि वृक्षारोपण कार्यक्रम गरी ४१ औँ विपी स्मृति दिवस मनाईएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.