Home समाचार बिलबिजक भन्दा बढी सामान बोकेका चारवटा ट्रक नियन्त्रणमा

बिलबिजक भन्दा बढी सामान बोकेका चारवटा ट्रक नियन्त्रणमा

by अंकुश दैनिक
1 views

विरगंज।

सशस्त्र प्रहरी वल नेपाल पर्साले बिल बिजकमा उल्लेख भए भन्दा बढी सामान बोकेको चारवटा ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगंज महानगरपालिका ८ घण्टाघर इलाकाबाट सोमबार सशस्त्र प्रहरीले करिब १ करोड ९८ लाख २० हजार ३ सय १५ रुपैयाँबराबरको सामानसहित चारवटा ट्रक नियन्त्रणमा लिएको हो ।

बिलबीजकभन्दा बढी र फरक सामान बोकेको भन्ने विशेष सूचनाका आधारमा नम्बर १३ गण पर्साले वीरगंजबाट पथलैयातर्फ जाँदै गरेको ना २ ख ९४९१, ना ४ ख ८३३४, ना ३ ख १००९ र ना ३ ख ८०३९ नम्बरका चारवटा ट्रक नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्रकमा औषधि, किराना तथा हार्डवेयर र कम्प्युटरका पार्ट्सलगायतका सामानहरू रहेका छन् ।

नियन्त्रणमा लिएका ४ वटै ट्रकहरुलाई आवश्यक अनुसन्धान र कारर्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाईएको सशस्त्र प्रहरी बलका शस्त्र प्रहरी नायब उपरिक्षक रामजंग पाण्डेले जानकारी दिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.