Home समाचार आर्थिक वर्ष ७९/८० मा रौतहट प्रहरीद्वारा ६ सय ३६ फरार प्रतिवादी पक्राउ

आर्थिक वर्ष ७९/८० मा रौतहट प्रहरीद्वारा ६ सय ३६ फरार प्रतिवादी पक्राउ

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट।

रौतहटमा प्रहरीले गत आर्थिक वर्ष २०७९/०८० मा ६ सय ३६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय राैतहटले जिल्ला अदालतकाे फैसला कार्यान्वयन गराउने क्रममा ६ सय ३६ जनालाई पक्राउ गरेको बताएको हो ।
प्रहरी कार्यालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरले गत आर्थिक वर्षमा विभिन्न मुद्दामा फरार व्यक्तिहरुलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको जानकारी दिए । फरार प्रतिवादीहरुबाट अदालतको आदेशअनुसार ५५ लाख रुपैयाँ जरिवाना असुल गराउनुका साथै एक सय चार वर्ष कैद असुल गरिएकाे प्रहरी उपरीक्षक मगरले बताए ।
जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक वर्षमा ८ सय ५ मुद्दा दर्ता भएको तथा ७ सय ७ किलो गाँजा बरामद गर्न सफल भएको प्रहरी उपरीक्षक मगरले बताए । जिल्लाको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयसहित ५८ स्थानबाट नेपाल प्रहरीका ९ सय ४ जना जनशक्तिले सेवा दिइरहेको उनले जानकारी दिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.