Home समाचार जीराभवानी गापाद्वारा ३० करोडको बजेट सार्वजनिक, कृषि उच्च प्राथमिकतामा राख्दै दुई करोड विनियोजन

जीराभवानी गापाद्वारा ३० करोडको बजेट सार्वजनिक, कृषि उच्च प्राथमिकतामा राख्दै दुई करोड विनियोजन

by अंकुश दैनिक
0 views

राम बिश्वास चौधरी,
पोखरिया।

पर्साको जीराभवानी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को लागि रु ३० करोड ३१ लाख ४८ हजार बजेट ल्याएको छ । शुक्रवार सो गापाको वडा ३ मा सम्पन्न १२ औं गाउँ सभामा उपाध्यक्ष रेखा चौधरीले सो रकम बराबरको बजेट सार्वजनिक गरेकी हुन्।

सो अवसरमा उपाध्यक्ष चौधरीले चालु आर्थिक वर्षमा कृषिलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरिन्। १२ औं गाउँ सभाले जीराभवानी गापामा कृषि पोल तथा तार जडानका लागि रु १ करोड २५ लाख , कृषि विकास तथा पशु सेवाका लागि रु ५० लाख र किसानको लागि कृषि मोटर खरीदका लागि रु २५ लाख गरेर कृषक लक्षित करीब २ करोड बजेट बिनियोजन गरेको छ । यस्तै शिक्षातर्फ रु १ करोड १२ लाख बजेट विनियोजन गरिएको छ ।

जीराभवानी गापा अध्यक्ष अनोज चौधरीको अध्यक्षता एवम् सेवा निवृत्त चिकित्सक डा. बालकृष्ण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश सभा सदस्य शङ्कर प्रसाद चौधरी , सबै वडाका वडाध्यक्ष लगायत गाउँ सभा सदस्य , पुर्व जनप्रतिनिधि एवम् शिक्षक कर्मचारीको सहभागिता थियो । सभामा प्रत्येक वडाबाट एक जना उत्कृष्ट किसान , गापाभित्र रहेको सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थी , प्रधानाध्यापक लगायतलाई सम्मान समेत गरिएको थियो । सो पालिकामा यस अघि बितेको असार १० गते चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भैसकेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.