Home समाचार घर-घरमा निरन्तर नि:शुल्क पानी वितरण गर्दै समाजसेवी गुप्ता

घर-घरमा निरन्तर नि:शुल्क पानी वितरण गर्दै समाजसेवी गुप्ता

by अंकुश दैनिक
4 views

सन्तोष रन्जितकार,
बीरगंज ।
बीरगंज महानगरपालिका वडा नम्बर १० का युवा नेता तथा समाजसेवी अजयकुमार गुप्ताले अहिले घर घरमा पुगेर नि:शुल्क पानी वितरण गर्ने काम गरिरहेका छन् ।

पानीको सतह कम भए देखि अहिले पानीको हाहाकार भएको छ । आफ्नो टोलमा स्थानीय बासिन्दाहरुलाई पानीको समस्या नहोस् भनेर ७ औं सातौं दिन पनि पानी वितरण गर्ने काम जारी राखेका छन् । स्थानीय सरकारको जिम्मेवारी भए पनि खासै प्रभावकारी काम नभएको भन्दै उनलेे अहिले पानीको टंकी सहित आफू घुमिघुमि टोलहरुमा पानी पुराउने काम गदै आइरहेको युवा नेता समाज सेवी गुप्ता ले बताए ।

विभिन्न समयमा कोरोना भाइरस कहर हुदा पनि उनले समाजका लागि तन मन धनले सेवा पुर्याएका थिए, समाजका लागि दिन न रात भनी सामाजिक कार्यमा जुड्ने समाज सेवी युवा नेताको स्थानीय तथा टोलवासीले समेत प्रसंशा गर्छन ।

समाजमा जनताको समस्यामा सहयोग गर्न पाएकोमा आफु निकै खुशी र हर्शित रहेको गुप्ताले बताए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.