Home समाचार भु्क्तानी माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निर्माण व्यवसायीको धर्ना

भु्क्तानी माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निर्माण व्यवसायीको धर्ना

by अंकुश दैनिक
4 views

सत्येन्द्र प्रताप सिंह,

रौतहट ।
निर्माण संम्पन्न भएका योजनाको भुक्तानी माग गर्दै निर्माण व्यवसायीले आइतबार जिल्ला प्रशासन कार्यालय रौतहटमा धर्ना दिएका हुन् ।

उनीहरुले निर्माण संम्पन्न नभएका योजनाको म्याद थप, मूल्य समायोजन, उपभोक्ता समिति खारेजी लगायतका ९ बुँदे माग राखेर प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।

नेपाल निर्माण व्यवसायी संघको केन्द्रीय कार्यक्रम अनुसार देशै भरीका जिल्ला प्रशासन कार्यालयहरुमा धर्ना दिएको निर्माण व्यवसायी संघका सदस्य अरबिन्द जयसवालले बताए । गरिसकेको कामको समेत भुक्तानी नपाए पछि अहिले निर्माण व्यवसायीहरु आर्थिक मारमा परेको उनले बताए ।

निर्माण व्यवसायीहरुले रौतहटमा रहेको सडक डिभिजन कार्यालयसँग ३० करोड भन्दा बढीको भुक्तानी लिन बाँकी छ भने विभिन्न स्थानीय तहहरुबाट १० करोड रुपैयाँ भन्दा बढीको भुक्तानी बाँकी रहेको जयसवालले बताए ।‘गरेको कामको भुक्तानी नहुँदा निर्माण व्यवसायीहरुले अनेकौ समस्याहरु झेल्नु परेको छ’, निर्माण व्यवसायी अरबिन्द जयसवालले भने ‘करोडौं रुपैयाँ फसेपछि निर्माण व्यवसायीहरु चरम आर्थिक संकटमा परेका छन् ।’
१६ साउनमा देशैभरिका निर्माण व्यवसायीले आफ्ना आफ्ना मागहरु पूरा गराउन काठमाडौंमा प्रदर्शन गर्ने निर्माण व्यवसायी जयसवालले बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.