Home समाचार रिलायन्सले किन्यो गरुडा श्रीराम सुगर मिल

रिलायन्सले किन्यो गरुडा श्रीराम सुगर मिल

by अंकुश दैनिक
87 views

सत्येन्द्र प्रताप सिंह,

रौतहट।
नेपाल बैंकले लिलामीमा निकालेको गरुडा श्रीराम सुगर मिल्स लिमिटेड त्रिवेणी ग्रुप अन्तर्गतको रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज लिमिटेडले सकार गरेको हो । रिलायन्स सुगरले रु ४३ करोड ६० लाखमा श्रीराम सुगर मिल्स सकारेको हो ।

नेपाल बैंकले गत जेठ ३२ गते लिलामीको प्रक्रिया सुरु गरेको थियो । बैंकले साउन ४ गते सम्म लिलाम बढाबढमा बोलपत्र पेश गर्न भनेको थियो । बैंकले न्यूनतम मूल्य ३८ करोड ११ हजार ७५५ रुपैयाँ तोकेर सूचना निकालेको भएपनि रिलायन्स सुगरले ४३ करोड ६० लाख कबोल गरेर सकारेको हो ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ कृष्णबहादुर अधिकारीले श्रीराम सुगरका सबै उपकरण सकारेको तथा ठेक्का अवार्ड भइसकेको बताए । मिलका सामान लैजान ३५ दिनको समय दिएको र सबै रकम भुक्तानी दिएपछि लैजाने उनले बताए । न्यूनतम भन्दा बढी प्रस्ताव शिवशक्ति ग्रपले पेश गरेको हो । सांघाईहरु रामचन्द्र सांघाई तथा विरेन्द्र सांघाई को त्रिवेणी ग्रुप अन्तर्गतको रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज लिमिटेडले खरिद गरेको हो ।

रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिजमा त्रिवेणी ग्रुप सहित शिवशक्ति ग्रुपको लगानी रहेको छ । शिवशक्ति तथा त्रिवेणी ग्रुपको संयुक्त लगानीमा बारामा रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज लिमिटेड संञ्चालनमा छ । श्रीरामको उपकरण किनेर नयाँ मिल्समा जडान गर्न लागेको जनाईएको छ ।

गोल्छा र विशाल ग्रुपको लगानी रहेको श्रीराम सुगर मिल्सले ऋण नतिरेपछि नेपाल बैंकले लिलामी प्रक्रिया अघि बढाएको थियो । नेपाल बैंकका अनुसार कम्पनीले राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी संञ्चय कोष, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक समेतबाट विभिन्न शीर्षकमा कर्जा लिएको थियो । तर, कर्जाको रकम लेनदेन सम्बन्धी लिखतमा लेखिए अनुसार भाखा भित्र बुझाउनुपर्ने साँवा र त्यसमा लाग्ने ब्याज तथा हर्जना समेत उक्त मिलले बुझाएको छैन ।

०७६ फागुन १३ मा सार्वजनिक सूचना प्रकाशित गरेर श्रीराम सुगर मिल गरुडा स्थायी रूपमा बन्द भएको घोषणा गरेको थियो । उद्योग बन्द भएको तीन वर्ष चार महिनापछि लिलामीमा परेको हो । गरुडा नगरपालिका वडा नम्बर ६ महम्मदपुरमा रहेको श्रीराम सुगर मिलकोे नाममा ८० विगाह जमिन रहेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.