Home समाचार `हैप्पी स्कूल प्रोजेक्ट´ अन्तर्गत ब्याग र स्टेशनरी वितरण

`हैप्पी स्कूल प्रोजेक्ट´ अन्तर्गत ब्याग र स्टेशनरी वितरण

by अंकुश दैनिक
0 views

बिरगंज ।

`हैप्पी स्कूल प्रोजेक्ट´ अन्तर्गत रोट्रयाक्ट क्लब अफ बिरगंज र रोटरी क्लब अफ ज्ञानेश्वरको संयुक्त आयोजनामा विद्यार्थीहरुलाई ब्याग र स्टेशनरीको सम्मान वितरण गरिएको छ ।

बिरगंज महानगरपालिका वडा नं ३० प्रसोतिपुरमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पढाई गर्ने बाल शिक्षा देखि कक्षा पांच सम्मको बिद्यार्थीहरुलाई ब्याग र स्टेशनरी वितरण गरिएको रोट्रयाक्ट क्लवका आयुष गुप्ताले जानकारी गराए ।

 

कार्यक्रममा डिष्ट्रिक्ट गवर्नर आरटिएन राजेन्द्र धोजु, प्रथम महिला आरटिएन समिरा धोजु, निवर्तमान डिस्ट्रिक्ट गभर्नर आरटीएन सञ्जय गिरी, सहायक डिस्ट्रिक्ट गभर्नर आरटिएन राम प्रसाद, रोटरी क्लब अफ वीरगन्जका अध्यक्ष आरटीएन दिपक तुल्स्यान, चार्टर्ड सेक्रेटरी रोटरी क्लव अफ ज्ञानेश्वर आरटिएन सृष्टि त्रिपाठी, डिष्ट्रिक्ट रोटरी तथा रोटर्याक्ट रिलेसन चेयर आरटीआर आयुष गुप्ता , रोटर्याक्ट क्लब अफ वीरगन्जका अध्यक्ष सन्नी सर्राफ, सचिव आरटीआर विवेक कुमार पटेल, उपाध्यक्ष आरटीआर योगेश जैसवाल, आरटीआर नवीन गुप्ता, आरटीआर सोनी गुप्ता, आरटिआर राहुल कुशवाहा, जिल्ला ट्राफिक प्रहरीका इन्स्पेक्टर मणिराम थापा, इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर आशुतोष शाही लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादव, वडा अध्यक्ष मनोज यादव लयाएत स्थानियको उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.