Home समाचार विजुलीको पोलमा बाँधेर युवकलाई निर्घात कुटपिट गर्ने एक जना पक्राउ

विजुलीको पोलमा बाँधेर युवकलाई निर्घात कुटपिट गर्ने एक जना पक्राउ

by अंकुश दैनिक
4 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
रौतहट सदरमुकाम गौरमा एक युवकलाई केही स्थानीयहरुले विजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेको समाचार प्रकाशमा आएको छ ।
गत शुक्रवार जुम्माको नमाज सकेर आइसक्रिम खाने विषयमा वादविवाद भई सामान्य झै-झगडा भएपछि गौर नगरपालिका वडा नम्वर ३ का २० बर्षिय प्रिन्स अन्सारीलाई सोही वडाका वडाध्यक्षको रोहवरमा विजुलीको पोलमा बाँधेर पशु सरह आईतबार दिउँसो ४ बजेको समयमा निर्घात कुटपिट गरेको पिडित युवकको दाजु इलियास अन्सारीले बताए । सोही रिसिइवीलाई लिएर घरमा कोही नभएको मौका छोपी भाईलाई घरबाट बाहिर निकालेर विजुलीको पोलमा बाँधी पशु सरह साजिद, उसको वुवा, भाई, बतहा र आश मह्म्मदले प्लास्टिकको पाइप, मुक्का, लाठी, खुटाले निर्घात कुटपिट गरेर मरणासन्न बनाएको पिडित युवकको दाजु इलियास अन्सारीले बताए ।
भाई प्रिन्सलाई अमानवीय व्यवहार एवं तालिवानी शासन जस्तो वडाध्यक्ष अन्सारुल भन्ने अब्दुल ताहिरको रोहवरमा यसरी यातना दिनु मानवअधिकारको चरम उलंघन गरेको आरोप पिडित युवकको दाजु अन्सारीले लगाए । भाई माथि गरिएको पशुजन्य व्यवहार विरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी उजुरी गरेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले पिडित पक्षले दिएको उजुरीको आधारमा एक जनालाई पक्राउ गरिएको तथा अन्यको खोजीकार्य भईरहेको तथा सो सम्बन्धी आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.