Home Top News वीरगंज महानगर भ्रष्टाचारमा चुर्लुम्म

वीरगंज महानगर भ्रष्टाचारमा चुर्लुम्म

by अंकुश दैनिक
1 views

वीरगंज, १९ साउन ।

वीरगंज महानगरपालिका चुर्लुम्म भ्रष्टाचारमा डुबेको आरोप पुर्व मेयर बिजय कुमार सरावगीले लगाउनु भएको छ ।
ठेक्कापट्टा विकास निर्माणको जुन सुकै काममा निश्चित कमिशन निर्धारण गरेर आफ्नो आसेपासेलाई पोस्ने मात्र काम मेयरले गरिरहेको पुर्व मेयर सरावगीको आरोप रहेको छ ।

महानगरपालिकाको बोर्ड बैठक बस्ने स्थलमा ठेकेदारहरु बसेर च्याखे थाप्ने बाड्ने काम गरिरहेको आफुले देखेको वडा नम्बर २० को वडाअध्यक्ष आर.के. सिंह परागको दाबी छ ।

आर्थिक वर्ष २०७८/०७९ मा सवारी करको ठेक्का बिजय कुमार सरावगी मेयर हुँदा ६ करोड ११ लाखमा आयरा निर्माण सेवालाई दिएका थिए । त्यसपछिको स्थानीय निर्वाचनमा मेयर पदमा राजेशमान सिंह निर्वाचित भएपछि स्थानीय शाहुमहाजनहरुलाई खुसी तुल्याउन आ.व २०७९/०८० मा ठेक्का लगाएनन् ।

आन्तरिक रुपमा विरोध शुरु भएपछि चालु आर्थिक वर्ष २०८०÷०८१ को लागी सवारी करको ठेक्का आह्वान गरियो । त्यो पनि तिन करोड कायम गरेर यानी की तत्कालिन मेयर सरावगीले लगाएको भन्दा आधा कम ।

सवारी करको ठेक्का सकार्न १६ जनाले टेण्डर खरिद गरेको भएतापनि नगरपालिकाको बोर्ड बैठक बस्ने कोठामा ठेकेदारहरु र सम्बन्धित सरोकारवालाहरु बसेर स्थानीय नेता प्रशासनमात्र नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको लागि पनि दानापानीको व्यवस्था गरेर ठेक्का हत्याएको सुत्रको दाबी छ ।

मेयर राजेशमान सिंहले “फुट डालो राज करो” शैलीमा काम गरिरहेको आरोप वडा नम्बर २६ का वडाअध्यक्ष शम्भु मिश्राले लगाउँदै वडाअध्यक्षहरु विरुद्ध न.प.स.हरुलाई उचाल्ने काम नगर नेतृत्वले गरिरहेको बताए ।

तीन करोड ६ लाख एकाउन्न हजारमा आर.पि.ए. कन्स्ट्रक्सनलाई सवारीकरको ठेक्का दिएर दुई करोड रुपैयाँ बाँडफाँड गरिएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.