Home समाचार मुस्लिम समुदायका लागि जसपा निर्विकल्प छः केन्द्रीय अध्यक्ष देवान

मुस्लिम समुदायका लागि जसपा निर्विकल्प छः केन्द्रीय अध्यक्ष देवान

by अंकुश दैनिक
1 views

बीरगंज

समाजवादी मुस्लिम संघका केन्द्रिय अध्यक्ष नुरुलहोदा देवानले जनता समाजवादी पार्टी मुस्लिम समुदायको हितको लागि निर्विकल्पपार्टी भएको बताएका छन।

संघ पर्सा जिल्ला समितिको पूर्नगठन कार्यक्रमलाई सम्बोधन गर्दै देवानले यस्तो बताएका हुन देवानले राज्य पार्टी भित्र मुस्लिमसमुदायलाई पुर्ण रुपमा  समावेशी प्रतिनिधित्व जसपाले गराउने गरेको उनले बताए जिल्ला समिति पूर्नगठन कार्यक्रमले सलिम मिया अन्सारीको अध्यक्षतामा ५१ सदस्यीय समाजवादी मुस्लिम संघ पर्सा गठन गरेकोजनता समाजवादी पार्टीका पर्सा सचिव तबरेज अहमदले जानकारी दिए

संघको उपाध्यक्षमा कलाम मन्सुरी, सदाम हुसेन, सचिव तबरेज खान, उपसचिव मकसुद मिया, कोषाध्यक्ष हुसन नेहरा खातुन सदस्यहरु अख्तर मिया, शेख कमरुललाई चयन गरेको

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका पर्सा अध्यक्ष रामनरेश यादवले भातृ संगठनहरु पार्टीको मेरुदण्ड भएको बताए उनले कार्यसमितिलाई बधाई दिदै पार्टीको मेरुदण्डलाई बलियो सश्क्त बनाउने अभियानमा मुस्लिम संघलाई लाग्न आग्रह गरे यादवले पहिलो चरणमा समाजवादी मुस्लिम संघ पर्सालाई गठन गरेको अन्य भातृसंगठनहरुको निर्माण गर्दै जाने बताए  

कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार खलिल मिया, जसपा उपाध्यक्ष नागेन्द्र यादव, कोषाध्यक्ष शर्मिला बिष्टमहतो, मुस्लिम संघका केन्द्रिय उपाध्यक्ष हसमुदिन देवान, सखुवाप्रसौनी अध्यक्ष प्रदीप जयसवाल, छिपहरमाइ अध्यक्ष इग्रासन साकलवार, प्रदेश सदस्य दिपक यादव, कार्यकारीणि समिति सदस्य शेष खुर्सेद, जसपा जिल्ला सदस्य मुमताज देवान समाजवादीबिद्यार्थी युनियनका जिल्ला अध्यक्ष एजाजबाबू राकी, जिल्ला सदस्य आबिद हुसेन, विद्यार्थी नेता गोविन्द लगायत सयौंको संख्यामुस्लिम नेता तथा कार्यक्रताहरुको उपास्तिथि रहेको थियो

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.