Home समाचार नेपाल महिला संघको अध्यक्ष उषा राउत मिश्रलाई बर्खास्त गर्न माग

नेपाल महिला संघको अध्यक्ष उषा राउत मिश्रलाई बर्खास्त गर्न माग

by अंकुश दैनिक
0 views

काठमाडौं ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघका अध्यक्ष उषा रावत मिश्रलाई बर्खास्त गर्न माग गरिएको छ ।संस्थापन पक्षले एकलौटी निर्णय गरेर महिला संघ जिल्ला समितिका अध्यक्षहरुलाई मनोनित गरेको भन्दै असन्तुष्टि व्यक्त भएको हो।

महिला संघभित्रको विवादबारे अनुपम फुडल्याण्डमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य रिता शाहीले सङ्घको वर्तमान अध्यक्षले विधान विपरित १२ जिल्लाको जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्षलाई वर्खास्त गरेको भन्दै विरोध जनाएकी छिन् । पार्टीलाई एकढिक्का बनाएर सङ्गठन सुदृढिकरण अभियान सञ्चालन भइरहेको बेलामा पार्टीभित्र विग्रह निम्याउन खोज्ने वर्तमान अध्यक्षलाई तत्काल बर्खास्त गर्नुपर्छ,”– उनले भनिन् ।

महिला संघका २० केन्द्रीय सदस्यले पत्रकार सम्मेलन नै गरेर अध्यक्षलाई बर्खास्त गर्न माग गरेका हुन् ।

महिला सङ्घको वर्तमान अध्यक्ष मिश्रले महिला संघकी जिल्ला सभापतिहरू सोलुखुम्बुकी छिल्हामु शेर्पा, बाराकी सीता मैनाली, पर्साकी विद्या श्रेष्ठ, सिरहाकी विमला निरौला, ताप्लेजुङकी मीना गुरुङ, इलामकी निर्मला सन्जेल, महोत्तरीकी अध्यक्ष विना तिवारी, रौतहटकी भुवनी गिरी, कास्कीकी कोपिला रानाभाट, झापाकी सुशीला ढकाल र हुम्लाकी विजया बुढालाई हटाएकी छन् ।

विधानविपरीत हटाइएका जिल्ला सभापतिहरुलाई पुनर्बहाली नगरे देशभर समानान्तर समिति गठन गर्ने संस्थापन इतरपक्षले चेतावनी दिएको छ। उनले आगामी केही दिनभित्र निर्णय नसच्याएको अवस्थामा समान्तर समिति गठन गरेर अघि बढ्ने चेतावनी दिएकी छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.