Home समाचार उखु उत्पादक संघद्वारा बुझाइयो ज्ञापनपत्र, श्री राम सुगर मिल्सको लिलामी रद्द गरी पुनः संञ्चालन गराउन माग

उखु उत्पादक संघद्वारा बुझाइयो ज्ञापनपत्र, श्री राम सुगर मिल्सको लिलामी रद्द गरी पुनः संञ्चालन गराउन माग

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।

जिल्लाको धरोहरको रुपमा रहेका श्रीराम सुगर मिल्सलाई अनाधिकृत तवरबाट टेण्डर गरेकोमा उखु उत्पादक संघको अगुवाईमा सदरमुकाम गौरमा लिलामी प्रक्रिया खारेज गरि संञ्चालन गर नारा सहीत प्रदर्शन गरिएको हो ।
अनियमित तरिकाले गरिएको लिलामी टेन्डर खारिज गर!
श्री राम सुगर मिल्स लिमिटेड बेच्न पाइदैन,श्री राम सुगर मिल्स लिमिटेड बचाऊ अभियान सफल पारौ, किसान एकता जिंदाबाद‌,कवाडीको बहानमा श्री राम सुगर मिल्स लिमिटेड बेच्न पाइदैन सहितका नारावाजी गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमंन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवको अगुवाई पूर्व राजदूत डा. वंशिधर मिश्र, नेपाली काँग्रेसका जिल्ला सभापति एवं प्रदेश साँसद सुनिलकुमार यादव, प्रदेश साँसद शोभा देवी साह, किशोरी यादव, देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, नेकपा एसका नेता वृजकिशोर यादव, जसपा नेपालका नेता अनिल यादव,, युवा नेता राजकुमार दास तत्मा, उद्योगी, व्यापारी, किसानहरुले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमन्त्री सहित सम्बध निकायमा ज्ञयापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र पश्चात विपी चोकमा कोण सभाको आयोजना गरेर अनाधिकृत रुपमा लाखौं उखु किसानको धरोहरलाई चोर बाटो भएर लिलाम गरिएकोमा तत्काल रद्द गरेर श्रीराम सुगर मिल्सलाई पुन संचालनमा ल्याउन जोडदार रुपमा आवाज उठाए ।


किसानहरु कौडीको मुल्यमा जग्गा दिएर चिनि मिल्सका संचालकलाई विक्री गर्नका लागि जग्गा दिएको होइन, उद्योग संचालन गर्नका लागि दिएको जग्गालाई कुनै पनि हालतमा विक्री गर्न नदिने चेतावनी दिदै वक्ताहरुले पाँच दिनमा राज्यबाट उचित सम्बोधन नभए आउदो २७ गते चिनी मिल्स गरुडामा वृहद भेला मार्फत संघर्षका कार्यक्रम तय गरिने युवा नेता एवं व्यवसायी रामभरोस यादवले बताए ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले उखु उत्पादक संघद्धारा ज्ञापन पत्र बुझाएको स्वीकार्दै सम्बन्धीत निकायमा पठाइसकेको जानकारी दिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.