Home समाचार फोनमा केटी जिस्क्याएको निहुँमा भएको झडपमा घाइते भएका अन्सारीको मृत्यु

फोनमा केटी जिस्क्याएको निहुँमा भएको झडपमा घाइते भएका अन्सारीको मृत्यु

by अंकुश दैनिक
0 views
पर्सा । 
केटी जिस्क्याएको निहुँमा झडप हुंदा पर्सागढी नगरपालिकाको वडा नं–४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अन्सारीको मृत्यु भएको छ ।
१६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटपिट हुँदा अन्सारीको मृत्यु भएको हो ।
उक्त कुटपिट तथा झै-झगडामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय अबतुल्लाह मिया अंसारी र ४५ वर्षीय वकिल महमद अंसारीलाई प्रहरीले पक्राउ गरेको छ । उक्त विषयमा वकिल महमद अंसारी र अली महमद अंसारीबीच शनिबार राति झगडा भएको थियो ।
अबतुल्लाह मिया अंसारीले चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएका जमुदिनको नारायणी अस्पताल वीरगंज हुँदै एलएस न्युरो अस्पताल बारामा थप उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.