Home समाचार लालबकैया र बागमती नदीको बाढीले सदरमुकाम जलमग्न

लालबकैया र बागमती नदीको बाढीले सदरमुकाम जलमग्न

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।

अविरल वर्षाका कारण विभिन्न नदीहरुमा आएको बाढीका कारण रौतहटको सदरमुकाम गौर जलमग्न भएको छ । बागमती तथा लालबकैया नदिको पानी गौरमा पसेपछि जलमग्न भएको हो । लालबकैया नदीमा आएको बाढीले गौर–चन्द्रनिगाहपुर सडक खण्डको सबगढा डाइभर्सनमा पानी बहाव तीव्र गतिमा भइरहेकाले आवतजावत अवरोध भएको छ । नदीमा आएको बाढी गौर बजारभित्र पस्न थालेपछि भने स्थानीयवासी त्रसित भएका छन् ।

नेपाल-भारत ड्याम हुदैं बकैयाको पानी गौर पसेको सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म गौरका डिएसपी सुर्य तिमल्सिनाले बताए । नेपाल भारत दसगजा ड्यामको पानी बागमतीमा नगए गौरको दसगजा क्षेत्र डुवानमा पर्ने छ । बकैयाको पानी सिमा क्षेत्रमा प्रवेश गरेपछि सशस्त्र प्रहरीको गौर दसगजामा रहेको गुल्म सार्ने तयारी भएको छ । भारतले बनाएको ड्यामका कारण पानीको निकास नहुँदा हरेक बर्षायाममा गौरको सिमा क्षेत्र डुवानमा पर्ने गरेको नेकपा एमालेका केन्द्रीय सदस्य तथा स्थानीय बासिन्दा अजय कुमार गुप्ताले बताए ।

बागमती तथा झाँझ खोलामा आएको बाढीले दुर्गा भगवती गाउँपालिकाको बडहर्वा स्थित प्रहरी चौकी डुबानमा पर्नुका साथै भलोहिया, पिपरा बडहर्वा, पचरुखी लगायतका क्षेत्रमा बाढीले हजारौं बिघा धान खेती डुबानमा परेको गाउँपालिका अध्यक्ष शम्भु सिंहले बताए  । बागमती, लालबकैया तथा झाँझ खोलामा पानीको सतहमा वृद्धिसँगै तटीय क्षेत्रका बासिन्दा त्रसित अवस्थामा रहेका छन् ।

पानीस्तरसँगै आउने बाढीबाट उत्पन्न हुने सम्भावित खतराबाट जोगाउन एवं समस्यामा परेका व्यक्तिका उद्धारका लागि सुरक्षाकर्मी तयारी अवस्थामा रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए  ।
बाढिबाट गौर, ईशनाथ, राजपुर, परोहा, राजदेवी नगरपालिकाका साथै दुर्गा भगवती गाँउपालिका जोखिममा रहेकाले पालिकालाई पूर्वतयारी गर्न समितिले आग्रह गरेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.