Home समाचार रक्तदान कार्यक्रम सम्पन्न

रक्तदान कार्यक्रम सम्पन्न

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।

जिल्ला प्रहरी कार्यालयले रक्तदान कार्यक्रम तथा वृक्षारोपन कार्यक्रमको आयोजना गरी नेपाल प्रहरी श्रीमति संघको ३९ औं वार्षिकोत्सव मनाएको हो ।
आइतबार जिल्ला प्रहरी कार्यालय रौतहटले नवनिर्मित भवनको सभाहलमा उक्त रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रक्तदान कार्यक्रममा लगभग ८० जनाले रक्तदान गरेका हुन् । जसमध्ये जनपद प्रहरी, ट्राफिक प्रहरी, गौर नगरपालिकाका नगरप्रहरी लगायत अन्य व्यक्तिहरुले रक्तदान गरेका थिए ।
नेपाल प्रहरी श्रीमति संघ केन्द्र कार्यालयबाट आएको निदेर्शन अनुसार विभिन्न कार्यक्रमको आयोजना गरि ३९ औं वार्षिक उत्सव मनाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बीरबहादुर बुढामगरले बताए ।
आरडिसि नेपाल , नेपाल रेडक्रस सोसाइटी र न्यू उज्यालो युवा क्लबको सहयोगमा आजको रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
प्रहरी नायब उपरिक्षक उमाशंकर प्रसाद यादवले रक्तदान गर्दै रक्तदान महादान भएको बताए । तपाईले गर्नुभएको रक्तदान कसैको ज्यान बचाउन प्रयोगमा आउने भएको कारण प्रत्येक नागरिकले रत्तदान गुर्न पर्ने बताए । साथै स्वस्थ्यको लागि पनि रक्तदान उपयोगि भएको बताउदै आम जनसमुदायलाई पनि सक्दो रक्तदान गर्न अपिल समेत गरेका हुन् ।
यसअघि नेपाल प्रहरी श्रीमती संघको ३९ औं बार्षिक उत्सवमा प्रहरीले वृक्षा रोपनका कार्यक्रमको आयोजना गरेको थियो । जिल्ला प्रहरी कार्यालय को परिसर भित्र बृक्षारोपन कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त वृक्ष रोपन कार्यक्रममा प्रहरी उपरीक्षक बुढामगर, प्रहरी निरीक्षक बिन्देश्वर यादव, लेखा प्रमुख नेत्र काफ्ले लगायत अन्य प्रहरी टोलीहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी भएको रक्तदान कार्यक्रममा प्रहरी उपरिक्षक बुढामगर, प्रहरी नायब उपरिक्षक यादव, प्रहरी निरिक्षक दिनेश बहादुर कुवँर , आरडिसि नेपाल रौतहटका अध्यक्ष पारस हुसैन, कोषाअध्यक्ष ममता झा, नेता राजकिशोर यादव लगायत अन्य व्यक्तिहरुको सहभागित र उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.