Home समाचार रौतहटका सबै स्थानीय तहमा शिक्षकको धर्ना

रौतहटका सबै स्थानीय तहमा शिक्षकको धर्ना

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
नेपाल शिक्षक महासंघले रौतहटका १८ वटै स्थानीय तहमा तीन घण्टा धर्ना दिएको छ । महासंघमा आवद्ध सबै घटक संस्थाहरुले बिहान ११ बजेदेखि तीन घण्टा धर्ना दिएका हुन् । धर्ना दिए पनि विद्यालय भने संञ्चालनमा रहेको नेपाल शिक्षक महासंघ रौतहटका अध्यक्ष धर्मेन्द्र प्र. सिंहले जानकारी दिए ।
विगतमा शिक्षा मंन्त्रालय र शिक्षक महासंघबीच भएका ५१ र ३० बुँदे सहमति कार्यान्वयन र नयाँ शिक्षा ऐनमा शिक्षकका माग सम्बोधनका लागि दबाब दिन धर्ना दिइएको महासंघका जिल्ला अध्यक्ष सिंहले जानकारी दिए ।
उनका अनुसार महासंघले पहिलो चरणको विरोधका कार्यक्रमअन्तर्गत साउन ३० गते जिल्लाका शिक्षा विकास तथा समन्वय एकाईमा सम्बन्धित जिल्लाका शिक्षक कर्मचारीको उपस्थितिमा जिल्ला समन्वय एकाइमा धर्ना दिने कार्यक्रम तय गरेको छ ।
त्यस्तै साउन ३२ गते प्रदेशको सामाजिक विकास मंन्त्रालयमा धर्ना, भदौ १ गते संघीय सांसदहरुलाई जानकारी गराउँदै सहयोगका लागि आग्रह गर्ने कार्यक्रम तय गरेको छ । पहिलो चरणका कार्यक्रमबाट मागको सुनुवाई नभए दोस्रो चरणमा विद्यालय बन्द गरी शिक्षक र कर्मचारीहरुको उपस्थितिमा काठमाडौंमा लगातार विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको उनले बताए ।
विशेष शिक्षा परिषद्को दरबन्दीमा कार्यरत शिक्षकहरुको आफ्ना लागि परीक्षासम्बन्धी विशेष व्यवस्था गरी शिक्षक सेवा आयोगबाट स्थायी गर्ने प्रबन्ध गर्नुपर्ने महासंघको माग छ । त्यस्तै, २०७२ असोज ३ गते पछिका अस्थायी/करार शिक्षकको पनि त्यसअघिका अस्थायी शिक्षकलाई जस्तै आन्तरिक खुला परीक्षाको व्यवस्था गरी स्थायी गर्नुपर्ने शिक्षकहरुको माग छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.