Home समाचार लायन्स क्लबको संयुक्त पदस्थापन समारोह वीरगञ्जमा सम्पन्न

लायन्स क्लबको संयुक्त पदस्थापन समारोह वीरगञ्जमा सम्पन्न

by अंकुश दैनिक
0 views

वीरगञ्ज ।

लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एस नेपालको एरिया ३ अन्तर्गत रहेका क्लबहरूको संयुक्त पदस्थापन समारोह वीरगञ्जमा सम्पन्न भएको छ ।
वीरगञ्जको आदर्शनगर स्थित त्रिशला रेष्टुरेन्टमा सम्पन्न पदस्थापन समारोहमा लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एस नेपालका डिष्ट्रिक्ट गर्भनर लायन डि.एन. अग्रवालले एरिया ३ अन्तर्गत रहेका क्लबहरूका नवनिर्वाचित पदाधिकारी एवं क्लबमा भित्रिएका नयाँ सदस्यहरुलाई लायन्सको सिद्धान्त र मान्यताबारे जानकारी गराउँदै पदस्थापन गराउनु भएको हो ।
संयुक्त पदस्थापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले लायन्स क्लबले शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक र मानवीय सेवाका साथै नेतृत्व विकासमा गरेको उत्कृष्ट कार्यबाट आफु प्रभावित भएको बताउँदै आगामी दिनमा वीरगञ्ज महानगरपालिकासँग सहकार्य गर्न आग्रह गर्नु भएको थियो ।
समारोहमा कावेरी एकेडेमीका विद्यार्थीहरूले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लायन वर्ष २०२२-२३ का अध्यक्षहरूले आ-आफ्ना कार्यकालका गतिवधि सहितका प्रतिवेदन र २०२३-२४ का लागि पदस्थापित अध्यक्षहरुले भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।
लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एसकी जोन चेयरपर्सन लायन कबिता हलानको अध्यक्षतामा सम्पन्न संयुक्त पदस्थापन कार्यक्रममा लायन्स क्लब इन्टरनेसनलका पुर्व मल्टिपल काउन्सिल चेयरपर्सन लायन डा. रमेश अग्रवाल, पुर्व डिष्ट्रिक्ट गर्भनरद्वय लायन डा. रामअवतार प्रसाद खेतान, लायन शम्भु नकर्मी, फस्ट लेडी लायन सुनिता अग्रवाल वरिष्ठ उद्योगपति लायन बिरेन्द्र संघई, एरिया ३ का प्रमुख पिएमजेएफ लायन उमेश शर्मा, क्याबिनेट सेक्रेटरी एमजेएफ लायन बासु तिमिल्सिना, क्याबिनेट ट्रेजर लायन राम बिहारी पाण्डे, एरिया ३ की ट्रेजर लायन आश्मा सिंह यादव लगायतले आ-आफ्नो भनाई राख्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एसकी जोन चेयरपर्सन लायन स्वेता क्षेत्रीले गर्नु भएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.