Home समाचार रौतहटको सिमानाकाबाट रुकेन तस्करी

रौतहटको सिमानाकाबाट रुकेन तस्करी

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
प्रहरीले तस्करी रुकेकाे दाबी गरिरहेपनि रौतहटको विभिन्न नाका भएर अझै पनि खुल्याम तस्करी भइरहेकाे समाचार प्राप्त भएकाे छ । भारत संग जोडिएका बिभिन्न नाकाहरुबाट सेटिंगमा राजस्व छलेर अबैध सामानहरुको तस्कारी कार्य निरन्तर चलिरहेको छ ।

कपडा, खैनी, खाद्यान्न सामग्रीहरु, स्पेयर पार्टस, भैसी राँगा, कुखुरा , कस्मेटिक, हार्डवेयर, बिडी बनाउने सुख्खा,चप्पल लगायतका समाग्रीहरु भारतबाट नेपालमा भित्रिने गरेको छ भने नेपालबाट मदिरा रक्सी,गांजा, छोहाड़ा, मरिच लगायतको सामानहरु भारत तर्फ निर्वाध रुपमा तस्करी भईरहेको छ । सुरक्षा निकायहरु उक्त कार्यमा मौन समर्थन जनाएका छन ।

रौतहटको बंकुल, नरकटिया,रमपुर्वा, मोतीपुर,जयनगर, घिउरा, मठिया, महुलिया, चमटोली, लक्ष्मीपुर बेलविछ्वा, ब्रम्हपुरी, तथा बंन्जरहाबाट साँझ परेपछि कारोबार गर्ने तस्करहरुको लाइन सुुरु हुने गरेको स्थानीयहरु बताउँछन् ।

उक्त कार्यमा भंसार प्रमुख, सशस्त्र प्रहरी, चौकी इंन्चार्ज सुरक्षाकर्मीहरुको साँठ गाँठमा सिमा वारिपारीको अबैध कारोवार फस्टाएको आरोप स्थानीयहरुले लगाए ।
सिमा सुरक्षा एवं चुहावट नियन्त्रण गर्नका लागि सशस्त्र प्रहरी परिचालन गरिएको हुँदा पनि तस्करी झन् बढेर गएको स्थानीयहरू भनाई छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.