Home समाचार बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज

बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज

by अंकुश दैनिक
0 views

काठमाडौं ।

एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने बिरुद्धको जबरजस्ती करणीको मुद्दामा आजबाट सुनुवाइ हुँदैछ ।
काठमाडौं जिल्ला अदालतमा आज पेशी रहेको छ । लामो समयदेखि पेशी चढेर स्थगित भएको मुद्दामा आज भने अन्तिम सुनुवाइ हुने बताइएको छ  ।

१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी) माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको माग दाबी गरिएको छ ।

सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.