Home Top News अडियोमा चलखेल, व्यक्तिगत सम्बन्धलाई दुरूपयोग गरियो: एसएसपी पाण्डे

अडियोमा चलखेल, व्यक्तिगत सम्बन्धलाई दुरूपयोग गरियो: एसएसपी पाण्डे

by अंकुश दैनिक
3 views

वीरगंज।

हुण्डी कारोबारी भनिएको राज साह र एस. एस. पी. बेल बहादुर पाण्डेको सामाजिक संजालमा जबरजस्ती भाइरल बनाउन खोजिएको बर्षौं पुरानो अडियोमा चलखेल भएको पाइएको छ।

सर्लाही निवासी राम दरेश साह उर्फ राज साहको मुख्य कारोबार खाद्यान्नको भएको उनका दौंतरी अजित साहले बताएका छन्।

राजु होजियारीमा पनि उनी साझेदार रहेको अजितले बताउँदै हुण्डीको कारोबारको कुरा त परै जाओस् आजसम्म राजलाई कुनै सार्वजनिक वा फौजदारी अभियोग लागेको छैन। अहिले चर्चामा आएर बदनाम गराउन खोजिएको अडियो प्रहरीले नै बाहिर ल्याएको हुन सक्ने आशंका अजितको रहेको छ।

यसैबीच एसएसपी बेल बहादुर पाण्डेले व्यवहारिक सम्बन्धलाई दुरूपयोग गरि चरित्रहत्या गर्ने काम भएको प्रतिक्रिया दिएका छन्।

पाण्डे पर्सा प्रहरी प्रमुख हुँदा हुण्डी कारोबारीहरूलाई तह लगाउन गहन भूमिका खेलेका थिए। तिनै पाण्डेलाई हुण्डी कारोवारीसँग जोडेर उनको चरित्र हत्या गर्नु साह्रै दुःखद रहेको जसपा पर्साका जिल्ला सचिव तबरेज अहमदले बताउनु भयो।

कोभीड एक्शन टीमको अगुवाको रुपमा उहाँसँग निकै सहकार्य भएको थियो।” अहमद स्मरण गर्छन् “अपराध न्यूनिकरणमा संवेदनशील रहेका एसएसपी पाण्डेलाई वीरगंजमैं बस्दा हुण्डी कारोवारीलाई प्रश्रय दिएर नाजायज रकम असुलेको वा कारोबारीलाई संरक्षण दिएको भन्ने कुरामा विश्वास गर्न सकिन्न।”

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.