Home खेलकुद बाबर र इफ्तिखरको शतकमा नेपाललाई ३४३ रनको विशाल लक्ष्य

बाबर र इफ्तिखरको शतकमा नेपाललाई ३४३ रनको विशाल लक्ष्य

by अंकुश दैनिक
0 views

काठमाडौं । पाकिस्तानमा भइरहेको एसिया कप अन्तर्गतको पहिलो खेलमा नेपाललाई पाकिस्तानले ३४३ रनको विशाल लक्ष्य दिएको छ । मुल्तान क्रिकेट स्टेडियममा जारी खेलमा पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनायो ।

पाकिस्तानका लागि कप्तान बाबर आजम इफ्तिखर अहमद दुवैले शतक प्रहार गरे । बाबरले १५१ रन बनाएर आउट भए । १३१ बल खेलेका उनले १४ चौका र ४ छक्का प्रहार गरे । यस्तै आक्रामक ब्याटिङ गरेका अहमदले ६७ बलमा शतक पुरा गरे । यो उनको पहिलो एकदिवसीय शतक हो । उनले ७१ बलमा ११ चौका र ४ छक्काको साथमा १०९ रन बनाए । बाबर र अहमदले पाचौँ विकेटका लागि २१४ रनको साझेदारी गरे ।

सुरुवातमै दुई विकेट गुमाएको पाकिस्तानका लागि कप्तान बाबर र मोहम्मद रिजवानले तेस्रो विकेटका लागि ८६ रनको साझेदारी गर्दै पारीलाई उकासेका थिए । रिजवान ५० बलमा ६ चौकाको साथमा ४४ रन बनाएर आउट भए । यस्तै ओपनर फखर जमानले १४ रन बनाउँदा इमाम उल हकले ५ रन बनाएर आउट भए । शदाब खानले ४ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले २ विकेट लिए । उनले १० ओभरमा ८५ रन दिँदै बाबर र शदाबको विकेट लिए । यस्तै करन केसी र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.