Home Top News कमिशन मोहका कारण एलआइसी नेपाल लिमिटेट धरापमा, बीमाधारीहरु चिन्तित

कमिशन मोहका कारण एलआइसी नेपाल लिमिटेट धरापमा, बीमाधारीहरु चिन्तित

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
एलआईसी नेपाल लिमिटेडमा एजेन्ट देखि लिएर सिइओ सम्मको कमिशन मोहका कारण एलआइसीको साँख धुमिल हुँदै गएका छन् ।
एलआइसी नेपाल लिमिटेडको चलानी नम्वर २०८०–०४–३२–१२२ को पत्रानुसार बीमाधारीले जम्मा गरेको पहिलो विमा रकमको शत प्रतिशत रकम खर्च भईसकेका हुन् । उक्त रकम एजेन्ट देखि लिएर कम्पनीका सिइओ सम्मले योजना बनाएर शत प्रतिशत रकम मासेको प्राप्त प्रमाणबाट फेला परेको पूर्व एजेन्ट हाल विमाधारी सत्येन्द्र पाण्डेले कम्पनी माथि गम्भीर आरोप लगाएका छन् ।
कम्पनीको योजना अनुसार बीमाधारीले जम्मा गरेको रकम भविष्यमा नपाउने र कम्पनी नै धरापमा पारेर बोनस दर घट्नुनै प्राप्त प्रमाण आफू संग रहेको विमाधारी पाण्डले दाबी गरे । सो योजनामा एक लाखको विमा गर्दा सरदर २० बर्षको लागि विमाधारीले ४७६६ प्रथम विमा शुल्क लागेका थिए जसमा पुरस्कार वापत एक हजार एजेन्ट कमिशन २५ प्रतिशतको दरले ११९१.५०, एजेन्सी मैनेजर कमिसन ३ प्रतिशत प्लस, सो कार्य गर्न कर्मचारीलाई कयौं गुणा बढि बोनस दिएको आरोप पाण्डेले कम्पनी माथि लगाए ।


बीमाधारी पाण्डेका अनुसार सो कार्यमा सघाउने कर्मचारीलाई एक तह बढुवा गरी कम्पनी माथि आर्थिक बोझ बढाएको, यति मात्रै नभई कर्मचारीलाई मनपरेको स्थानमा सरुवा गरी विमाधारीको कागजातहरु हाल सम्म कम्पनीबाट लुकाइएको, झण्झटिलो कागजातहरु कम्पनीद्धारा नष्ट गराइयो । उक्त कार्य गराउनमा कम्पनीका उच्च पदाधिकारीलाई सम्मान र पुरस्कार दिने बहानामा विविध खर्च गरी कम्पनीलाई आर्थिक नोक्सानी पुर्याउएको, विमाधारीले जम्मा गरेको शतप्रतिशत रकम बाँडफाँड गराइसकेको प्राप्त पत्रबाट बुझिएको विमाधारी पाण्डेले अंकुश दैनिक संग कुरा गर्दै गम्भीर आरोप लगाए ।
गैर कानुनी रुपमा विमाधारी सितादेवी खड्काको खाताबाट विना स्वीकृति पैसा निकाली चलाएको कम्पनीका पदाधिकारीले स्वीकार गरिसकेको अवस्थामा एलआइसी नेपाल लिमिटेड माथि विमाधारीको विश्वास गुम्दै गएको उनले बताए ।
सम्बन्धित कर्मचारीलाई जिम्मा लिन लगाइ उच्च पदाधिकारीकै आर्शिवादबाट हाल सम्म दोषि कर्मचारीलाई कारवाही नगरेर सरुवा प्रक्रियामा मात्रै कम्पनी सिमित रहेको गुनासो पाख्दै विमाधारी पाण्डेले यस्ता प्रकारको योजनामा नसघाएकोमा सम्बन्धित अभिकर्तासंग कम्पनीले विश्वासघात गरेको भन्दै कडा कारवाही स्वरुप पत्र काट्नु, घुस लेखदेन तहत फसाउनुु, पुलिस लगाएर अभद्र व्यवहार गर्न धम्काउनु जस्ता अमानविय कार्यको गम्भीर ओलोचना गर्दै पाण्डले कम्पनीद्धारा संचालित व्यक्तिलाई मोवाइलको प्रयोग गराएर गाली सहितको धम्की दिन लगाएकोमा दुख व्यक्त गरे । त्यस्ता व्यक्तिहरु विरुद्ध आफू कानुनी उपचारको आफूले बाटो रोजेको बताए ।
पाण्डे भन्छन् विगत १९ बर्ष देखि एलआइसी नेपाल लिमिटेडमा अभिकर्ता एजेन्टको रुपमा काम गरेर १८२६ जना बीमाधारीको विश्वास जित्न सफल भएको, कम्पनीलाई लाखौं लाख रुपैया जम्मा गर्न लगाएको र हाल आएर झण्झटिलो प्रक्रियामा परेर काम गर्ने मानसिकताबाट टाढा राख्ने उद्देश्यले विगत ३ बर्ष देखि अनावश्यक रुपमा मानसिक तनाव दिदै आएको उनले कम्पनी माथि गम्भीर आरोप लगाए । यसबारेमा कम्पनीका प्रशासनीक फाँट, सिइओ, क्षेत्रिय प्रबन्धक, शाखा प्रबन्धक सम्मलाई गुहार्दा उनीहरु उल्टै तनाव दिदै आएकोमा बाध्य भएर न्यायको लागि मार्ग प्रशस्त बनाउने हेतु संचारकर्मीको शरणमा आएको उनले स्पष्ट पारे ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.