Home Top News भैरहवा भंसारमा बिरगंजका तस्करहरुलाई चुल्हो निम्ता

भैरहवा भंसारमा बिरगंजका तस्करहरुलाई चुल्हो निम्ता

by अंकुश दैनिक
0 views

बिरगंज ।

केही वर्ष अगाडि बिरगंज भंसारमा अधिकृत भएर बसेका मणिराम पौडेल भैरहवा भंसार कार्यालयमा प्रमुख भंसार अधिकृत भएर गएपछि बिरगंजका तस्करहरुलाई चुल्है निम्ता दिएर भैरहवा नाकामा आमन्त्रण गरेको फल स्वरुप यहाँका नामुद तस्करहरु त्यहाँ अड्डा जमाएर भरपुर लाभ उठाइरहेको खबर प्राप्त भएको छ ।

भदौंको पहिलो साता प्लास्टिकको दाना भनी दुई ट्रक काजु र कपडा भंसार पास गरि पठाउन खोज्दा प्रमुख मणिराम पौडेलको काला कर्तुत उदांगिएको हो ।

प्लास्टिक भनेर काजु र कपडा पास गरेको खबर भंसार विभागमा पहिले नै जानकारी पुगिसकेकोले विभागको कडा निर्देशन पछि ना.५ ख. ३३६ र यु.पी. जि टि ०५७८ नम्बरको ट्रकमा नियन्त्रणमा लिइयो ।

भंसार प्रमुख मणिराम पौडेलको संलग्नताको पोल खुल्ले भएकोले तत्काल डार्ईभर र खलासीलाई भगाईएको स्रोतले जनाएको छ ।

भैरहवा भंसार कार्यालयका सूचना अधिकृत युवराज भट्टराईले डार्ईभर र खलासी फरार भएकोले अनुसन्धानमा अप्ठ्यारो भईरहेकाे काइते पाराको आढे जवाफ पत्रकारहरुलाई दिएर अहिलेसम्म फर्काउने गरेका छन् ।

हामीलाई प्राप्त जानकारी अनुसार ना.५ ख. ३३६ नम्बरको ट्रक घकदई -४ रुपन्देही निवासी अमित कुमार जायसवालको नाउँमा रहेको छ भने यु.पी. जि टि ०५७८को ट्रक गोरखपुर आर.टि.ओ. उत्तर प्रदेशमा अमरजितको नाउँमा दर्ता रहेको छ ।

भैरहवा नाकाबाट चार महिना अगाडि देखि चितवन निवासी राजु थापाको सकृयतामा `लाइन´ खुलेको र बिरगंजका तस्करहरु पनि त्यसमा संग्लन रमाइरहेको समाचार अंकुशले प्रकाशन गरेको थियो ।

समाचारको लिंक:-

तस्करी लाइनको रुट परिवर्तन, पर्सा उजाड रुपन्देही गुलजार

 

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.