Home समाचार जसपाको विस्तारीत बैठकमा गौर हत्याकाण्डको चर्चा

जसपाको विस्तारीत बैठकमा गौर हत्याकाण्डको चर्चा

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
जनता समाजवादी पार्टी नेपाल रौतहटको विस्तारीत बैठक कर्मचारी मिलन केन्द्रको सभाहलमा सम्पन्न भएको हो ।जसपा नेपाल जिल्ला कार्यसमिति आयोजनामा बिस्तारि बैठक सम्पन्न भएको हो ।
जिल्ला अध्यक्ष श्याम विहारी यादवको सभापतित्वमा भएको विस्तारीत बैठकले पाँच बुंदे प्रस्ताव समेत पारित गरेको छ।
गौरमा सुनियोजित रुपमा घटाइएका घटनाका नाइके प्रभु साहलाई तत्कालै कारवाही प्रक्रिया अघि बढाउनुपर्ने माग राखे । गौर घटना एउटा राजनीति तवरबाट घटाइएको अत्यन्तै दुखद घटना भएको रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादवले बताए ।
शिक्षक सुनिल यादव, अन्तरराष्ट्रिय कुस्ति खेलाडि उपेन्द्र दास वैरागी, स्वास्थ्यकर्मी सुरेश यादव तथा हिन्दुवादी नेता पर्साका काशीनाथ तिवारीकोे हत्या गराउने व्यक्ति आजपाका अध्यक्ष प्रभु साह माथि कारवाही हुदैन भने जसपा पार्टीका कार्याकर्ताहरु तथा नेताले पालिका स्तर देखी लिएर केन्द्रको सिंहदरबार घेराउ गर्ने जसपा नेपालको रौतहट जिल्ला इन्चार्ज रामआशिष राय यादवले नेपाल सरकारका चेतावनीसमेत दिएका छन् ।

पार्टीको संगठन विस्तारीत तथा गौर घटनाको विस्तृत रुपमा जानकारी गराउने उदेश्यले कर्मचारी मिलन केन्द्रको सभाहालमा विस्तारित बैठकको आयोजना गरिएको थियो।

जनता समाजवादी पार्टी नेपालको मधेश प्रदेश अध्यक्ष रामबाबू यादवको प्रमुख आतिथ्यमा भएको विस्तारित बैठकमा गौर हत्याकाण्डको बारेमा विस्तृत रुपमा छलफल भएको छ, तत्कालीन मधेशी जनाधिकार फोरम नेपालले पूर्व निर्धारित समय अनुसार आम सभा आयोजना गरेको ठाउँ गौर राइस मिलको मैदानमा तत्कालीन नेकपा माओवादीका नेता कार्यकर्त्ताले फोरमले आयोजना गरेको आम सभालाई विथोल्न खोजे पछि भएको झड़पमा हथियार सहित आएका माओवादी कार्यकर्ताको मृत्यु भएकोले दोषी माओवादीका कार्यकर्ता नै रहेको ठहर बैठकले गरेको छ।

बैठकमा सहभागी भएका जसपाका नेताहरुले सडयंत्र पूर्वक १७ बर्ष अघि भएको घटनाको पुनः उजागर गरेर पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजेको दावी प्रमुख अतिथि प्रदेश अध्यक्ष यादवले गरेका छन ।

गौर घटनालाइ विउत्याउनु २२ बुंदे र ८ बुंदे विस्तृत शान्ति समझौताको विपरीत भएकोले राजनितिक घटनालाई हत्याकाण्डको रूप दिनु गलत रहेको बताए।

पार्टीले संगठन विस्तार गरी पार्टीलाइ बलियो बनाउने उदेश्य लिएर अघि बढिरहेको बताउँदै अध्यक्ष यादवले प्रदेशले संचालन गर्न लागेको संगठन विस्तार अभियानलाइ सफल बनाउन आग्रह समेत गरे।

पार्टी विस्तार तथा सुदृढीकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान गरेको मधेस प्रदेश कार्यकारिणी समितिको बैठकले प्रदेशका सबै जिल्लामा विस्तारित बैठक सम्पन्न भएको छ । विस्तारित बैठकको सहजीकरणका लागि प्रदेश अध्यक्ष रामबाबुको जिम्मेवारी तोकेको थियो ।
लामो समयदेखि संगठन बाहिर रहेकाहरुलाई संगठनमा आबद्ध गर्न, छलफल र अन्तरक्रिया चलाउने बैठकले निर्णय गरेको छ । टोल कमिटिलाई पार्टीको राजनीतिक कार्यदिशा, सांगठिन र बैचारिक बिषयमा प्रशिक्षणका लागि कार्यक्रम गर्ने निर्णय गरेको छ ।

विस्तारीत बैठकमा पार्टीले नगरपालिका भित्र सञ्चालन गर्ने विभिन्न कार्यक्रम गर्ने योजना तथा नगर कमिटी लगायत टोल कमिटिलाई तत्काल पूर्णता दिने बैठकले निर्णय गरेको प्रदेश अध्यक्ष रामबाबु यादवले बताए ।बैठकमा मधेश प्रदेश सरकार ऊर्जा सिचाई तथा खानेपानी राज्यमंत्री अब्बुल कलम आजाद , पूर्व प्रदेश सांसद राम किशोर यादव ,पूर्व राज्य मंत्री योगेंद्र यादव, पूर्व नगर उपप्रमुख किरण ठाकुर , प्रदेश सांसद शोभा देवी साह लगायत पार्टीका संघीय परिषद् , प्रदेश समिति, केन्द्रिय सदस्य बिवेक यादव ,प्रदेशको कोषा अध्यक्ष रेनु यादव जिल्ला सचिव जयराम महतो, महिला नेत्री रेनु यादव , युवा नेता राजकुमार दास , ललन यादव , प्रादेशिक अस्पताल गौरका ब्यवस्थापन समिति अध्यक्ष मो. अनवर हासमी , चुलाही राय यादव लगायत बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेता, प्रदेश समितिका नेता, जिल्ला समितिका पदाधिकारी तथा सदस्य, पालिका समितिका पदाधिकारी, निर्वाचित जनप्रतिनिधि, भातृ सङ्गठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारीहरुले पार्टीको गतिविधि ,कार्यशैली , विस्तारको बारेमा आ आफ्नो धरना प्रस्तुत गरेका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.