Home समाचार नेपाल र भारतबीचको क्रिकेट हेर्न आज जनकपुरका बिद्यालय बन्द

नेपाल र भारतबीचको क्रिकेट हेर्न आज जनकपुरका बिद्यालय बन्द

by अंकुश दैनिक
0 views

जनकपुरधाम।

नेपाल र भारतबीच हुने ऐतिहासिक खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज विद्यालयमा बिदाको घोषणा गरेको छ।

उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले जारी गरेको सूचना अनुसार आज २ बजेपछि कुनै पनि कक्षा संचालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन गरेकी छिन्।

‘जनकपुरधाम उप महानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देशीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एशिय कपमा नेपाल र भारतसँग हुने खेलमा नेपाल गौरवान्वित महशुश गरेकोले टिमको हौसल बढाउन कुनै पनि कक्षा संचाल नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ,’ उपमहानगरपालिकाले निर्देशनमा उल्लेख गरिएको छ।

आज एसिया कपमा भारत-नेपालबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.