Home समाचार स्वास्थ्य सचेतना र सिपिआर सम्बन्धी तालिम सम्पन्न

स्वास्थ्य सचेतना र सिपिआर सम्बन्धी तालिम सम्पन्न

by अंकुश दैनिक
0 views

बिरगंज ।

स्वास्थ्य सचेतना र सिपिआर (ह्यान्ड्स-अन) तालिम बिरगंजको दियालो लर्ड्स प्लाजा होटेलमा शनिबार सम्पन्न भएको छ ।

स्वास्थ्य सचेतना र सिपिआर (ह्यान्ड्स-अन) सम्बन्धी तालिम मेदान्ता पटनाका डाक्टरहरुले गराएका थिए ।

मुटुको चाल बन्द भएर कोही व्यक्ति अचानक ढलेको अवस्थामा चाललाई पुरानै अवस्थामा ल्याउन विधि ‘सिपिआर’ बारे डाक्टरहरुले तालिम गराएका थिए।

युवा उद्यमीहरुको संस्था एन.वाइ.इ.एफ पर्साका अध्यक्ष सन्दीप अग्रवालको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा जयप्रकाश मेदान्ता सुपर स्पेसियालिटी पटनाका डाइरेक्टर प्रमोद कुमार, डाक्टर सन्तोष कुमार सिंह, डा. मुकुन्द प्रसाद र डा. अमरेन्द्र अमरजी साथै बिरगंजका डाक्टरहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.