Home Top News नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने, भोलि सार्वजनिक बिदा

नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने, भोलि सार्वजनिक बिदा

by अंकुश दैनिक
0 views

काठमाडौँ, २६ भदौ :

सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ ।

संविधान निर्माण प्रक्रियामा उहाँले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिनुभयो । मन्त्री किरातीका अनुसार सरकारले उहाँको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

संविधानसभा अध्यक्ष नेम्वाङको आज बिहान निधन भएको हो ।

रासस

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.