Home Top News पूर्वसभामुख नेम्वाङको निधन

पूर्वसभामुख नेम्वाङको निधन

by अंकुश दैनिक
0 views

काठमाडौं । पूर्व सभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन भएको छ ।

आफ्नै निवासमा अचानक हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो। तर, अस्पताल पुग्नासाथ उनलाई मृत घोषित गरिएको थियो।

उनको देहावसानको खवर थाहा पाउनासाथ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शिक्षण अस्पताल पुगेका थिए। उनीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका थिए।

विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङ नेपाली राजनीतिमा प्रखर, शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको रूपमा छवी बनाएका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.