Home समाचार हजुरबुवा हजुरआमाबाट टाढा भएर के गुमाउँदैछन् बालबालिका ?

हजुरबुवा हजुरआमाबाट टाढा भएर के गुमाउँदैछन् बालबालिका ?

by अंकुश दैनिक
0 views

एजेन्सि ।

सेप्टेम्बर १० मा विश्वका विभिन्न देशहरुमा ग्राण्ड प्यारेन्ट्स डे अर्थात् हजुरबाहजुरआमा दिवस मनाइएको

यो दिवस उक्त पुस्तामा समर्पित जसले आफ्नो पूरै जीवन परिवारका लागि समर्पित गरिदिए आफ्ना सन्तान मात्र नभईनातिनातिनाहरुको पनि हेरचाह लालनपालन गरे, लेखपढ गराए समय समयमा मार्गदर्शन गरे

यद्यपि विश्वका विभिन्न देशहरुले भिन्नभिन्न मितिमा हजुरबा हजुरआमा दिवस मनाउँछन् तर अमेरिकालगायतका देशमा सेप्टेम्बरमहिनाको पहिलो सोमबार पछिको आउने आइतबार यो दिवस मनाइन्छ

मनाउने मिति फरक भए पनि यसको उद्देश्य भने समान आफ्ना घर तथा मावली पट्टिका हजुरबुवा हजुरआमाप्रति माया तथा सम्मानदर्शाउनु अझै निकट ल्याउनु यसको मुख्य उद्देश्य हो अर्थात् वृद्धावस्थाका अभिभावकहरुलाई सम्मान माया दिनुका साथै नयाँपुस्तालाई उनीहरुको महत्वका बारेमा बताउनु

महत्वपूर्ण सम्बन्ध

सायद तपाईं हाम्रो जीवनमा आफ्ना हजुरबुवा हजुरआमाको निकै महत्वपूर्ण भूमिका रहेको हुनसक्छ उनीहरुबाट हामीले संस्कारसिकेका हुन्छौं, कथा कहानीहरु सुनेका हुन्छौं प्रेरणा लिएका हुन्छौं उनीहरुबाटै हामीले लेखपढ गर्ने तथा इमान्दार बनेर काम गर्नेशिक्षा लिएका हुन्छौं जसले हाम्रो पेसा व्यवसायमा सहयोग गरेको हुन्छ हामीले उनीहरुलाई आदर्श मानेका हुन्छौं

वास्तवमा बालबालिकाहरुले आफ्ना हजुरबुवा हजुरआमाबाट नि:स्वार्थ प्रेम, भावनात्मक समर्थन तथा सुरक्षा प्राप्त गर्दछौं यसलेबच्चाको विकासको जग राख्नमा अहम भूमिका खेलेको हुन्छ उनीहरूले बच्चाको असल आनीबानीको विकास गर्दछन् आफ्नोसंस्कारसँग पनि परिचित गराउँछन् आजकल धेरै आमाबुवालाई कामकाजी भएका कारणले गर्दा यस्तो भूमिका निर्वाह गर्नमा समस्याहुने गरेको

कामकाजी आमाबुवाका कारण अभिभावकत्वको अनुभूति गर्न नपाउने बालबालिकाका लागि त्यो अभाव उनीहरुका हजुरबुवाहजुरआमाले पूर्ति गर्दछन्

सम्बन्धमा दूरी

पछिल्ला दिनमा विभिन्न सामाजिक कारणहरुले गर्दा हजुरबा हजुरआमा दिवस मनाउने आवश्यकता बढ्दै गएको

अहिले एकल परिवारको चलन बढिरहेको जहाँ बालबच्चाहरू आफ्ना आमाबुवासँग मात्रै बस्दछन् उनीहरुका हजुरबुवा हजुरआमाउनीहरुसँग हुँदैनन्

एकल परिवारका विभिन्न फाइदाहरु पनि हुन्छन् तर हजुरबा हजुरआमा नातिनातिनाको दृष्टिबाट हेर्दा यस्ता परिवारमा विभिन्नखालका समस्या पनि आइरहेका छन्

विज्ञका अनुसार भलै हामीले हाम्रा वृद्ध अभिभावकहरुका भौतिक आवश्यकताहरु पूरा गरिरहेका हुनसक्छौं, तर उनीहरुका भावनात्मकआवश्यकताहरु पनि बुझ्नु पर्दछ

वास्तवमा हजुरबुवाआमाहरुले एक्लोपन महसुस गर्न सक्दछन् आफ्ना नातिनातिनाहरुमा उनीहरुले आफ्नो साथी पाउँछन् जबकुराकानी गर्न कोही हुँदैन तब उनीहरुमा सामाजिक अलगावको भावनाका कारण डिप्रेसन पनि हुनसक्छ बच्चाहरु पनिहजुरबुवाआमासँग अलग हुनुपर्दा निरास उदास बन्न सक्दछन्

के गर्नुपर्छ ?

समाजशास्त्रीहरुका अनुसार बदलिंदो सामाजक, आर्थिक परिवेशको असर हामी, हाम्रा मातापिता तथा बालबच्चा गरी तिनै पुस्तामापरिरहेको

मानिसहरुलाई आफ्नो काम तथा सामाजिक दायित्वको बीचमा सन्तुलन कायम गर्नमा समस्या भैरहेको उनीहरुले आफ्नाआमाबुवालाई समय दिन पाइरहेका छन्, सन्तानलाई

यस्तो स्थितिमा वृद्ध आमाबुवाको स्वास्थ्यमा पनि असर परिरहेको कहिलेकाहीँ बालबालिकाहरु नराम्रो आनीबानीको सिकारबनिरहेका छन्

प्रायः हजुरबुवाआमा नातिनातिनाहरु फरकफरक ठाउँ अर्थात् गाउँ सहरमा बस्ने गर्दछन् कहिलेकाहीँ देश नै फरक पर्दछ

यस्तोमा बिदाको समउमा समेत उनीहरुबीच भेट हुन सम्भव हुँदैन सूचना प्रविधिको विकासका कारण इन्टरनेट भिडियो कलिङसम्पर्कका सजिला माध्यम बनेका छन्

तर, यस्तो रिक्तता पूरा गर्नका लागि प्रविधिमा धेरै निर्भर हुनु पनि ठीक होइन किनकि मानवीय स्पर्शको आफ्नै महत्व हुन्छ, जुन आमनेसामने हुँदा नै सम्भव हुन्छ

पेसा व्यवसायका कारण आमाबुवाबाट अलग बस्नु परे पनि फुर्सद निकालेर उनीहरुलाई भेट्न जाने वा आफू भएको ठाउँमा बोलाउनुपर्दछ साथै, आफ्ना बालबच्चाहरु आफैं यात्रा गर्नसक्ने उमेरका भएका छन् भने उनीहरुलाई विदाको समयमा हजुरबुवाआमासँग भेटगर्नका लागि पठाउनु पर्दछ यसले तपाईंका आमाबुवा पनि खुसी हुन्छन् सन्तानहरु पनि


विज्ञ भन्छन्, ‘जो कोहीले पनि आफ्ना सन्तानसँगै बुवा आमाको पनि भावनात्मक आवश्यकताहरु बुझ्नुपर्दछ उनीहरुको पूरा ख्याल गर्नुपर्दछ

बीबीसीबाट

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.