Home Top News राज्यको नश्लीय सोचका कारण मेयर सिंहले उन्मुक्ति पाउदै आएको पुर्व मेयर सरावगीको आरोप

राज्यको नश्लीय सोचका कारण मेयर सिंहले उन्मुक्ति पाउदै आएको पुर्व मेयर सरावगीको आरोप

by अंकुश दैनिक
4 views

वीरगञ्ज ।

राज्य र उसको नियामक प्रणाली नश्लीय चिन्तनले ग्रसित भएको कारणले वीरगञ्जका नगर प्रमुख राजेशमान सिंह `तर´ माथी `तर´ मारिरहेको आरोप पूर्व नगर प्रमुख विजय सरावगीले लगाएका छन्।

पर्सा जिल्लाको ठुला राजनीतिक दलका नेताहरु पनि नश्लीय चिन्तन कै कारणले मौन साँधेको पनि उनको आरोप छ।

अंकुश दैनिक संग कुरा गर्दै सरावगीले यो मैले लगाएको आरोप मात्र नभई वास्तविकता भएको जिकिर गर्दै यही प्रदेशका पाँच जना पालिका प्रमुख, मेयर माथी अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेर पदमुक्त गराएको स्मरण गर्दै राजेशमान सिंहले सार्वजनिक कार्यक्रममा अख्तियारलाई चुनौती दिँदै हिम्मत छ भने कारवाही गरोस, फाइल लैजान आफुले निम्ता दिँदा पनि नआएको, खाली दिनका दिन पत्र मात्र अख्तियारले पठाएको भनि अख्तियार जस्तो संवैधानिक निकायको खिल्ली उडाउँदा पनि अख्तियारद्वारा कान मा तेल हालेर बस्नु पनि नश्लीय चिन्तनको उपज भएकोले नै यो सम्भव भएको भनी बताए ।

मधेशीहरुको नाउँमा राजनीति गरेर व्यक्ति विशेषको आशीर्वादले गठबन्धनको बलमा चुनाव जितेका मेयर सिंहको हर्कत मधेशी बिरोधी भएको र उनको नियत भित्रको खोट अहिले मधेशीहरुले सञ्चालन गरेको शैक्षिक संस्थामा सफाईको मौका समेत नदिई ताला लगाउनु र आफ्नो जात मिल्ने व्यक्तिले त्यही अनुरूपको कसुर गर्दा ज्वाइँ जस्तो व्यवहारले सो कुराको पुष्टि गरेको सरवागीको कथन थियो।

ट्रयाक्टर काण्ड, सवारी कर, कवाडी कर जस्ता ठेक्कामा सबुत प्रमाणसहित मिडियाले जनसमक्ष ल्याउँदा पनि मेयर सिंहले सम्बन्धित निकायबाट निरन्तर अभयदान पाई रहनु नश्लीय चिन्तनले नै सम्भव भएको पूर्व मेयर सरवागीको जोड थियो।

मधेस प्रदेशको सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ता, राजविराज नगरपालिकाका मेयर भीमराज यादव,बोदेबरसाईन नगरपालिकाका मेयर आतेशकुमार सिंह यादव,विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव र रौतहटको फतुवा-विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादव अख्तियार दुरूपयोग अनुसन्धान आयोगले द्रुत गतिमा अनुसन्धान टुंग्याएर भ्रष्टाचार मुद्दा दायर गरेपछि उनीहरु निलम्बनमा परेका छन्।

प्रथम मधेश आन्दोलनपछि फाईदा उठाउने एक मात्र अर्जुन दृष्टि सहित मधेश केन्द्रित विभिन्न राजनीतिक दलको यात्रा गर्दै जसपाबाट मेयर निर्वाचित हुनु भन्दा अगाडि न्यायाधीश,प्रजिअ, एसपी अगाडि जाँदा राजेश मान सिंहले ‘बत्तीस वटा दाँत भित्रको म एउटा जिब्रो हुँ हजुर’ मैले कसरी मधेशमा राजनीति गरिरहेको छु भनी भन्ने गरेको र अहिलेसम्म आफ्नो दुनो सोझ्याउदैं आएको सिंह नजिकका एक वडा अध्यक्षले नाम नछाप्ने सर्तमा बताए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.