Home समाचार पर्साका अनिल रुगंटासहित आठजना केन्द्रीय कार्यसमितिमा मनोनीत

पर्साका अनिल रुगंटासहित आठजना केन्द्रीय कार्यसमितिमा मनोनीत

by अंकुश दैनिक
0 views

बिरगंज ।

नेपाली कांग्रेसमा थप आठ जना केन्द्रीय समिति सदस्यमा मनोनीत भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान २०१७को धारा २१ को उपधारा २१ बमोजिम आठ जनालाई मनोनीत गरेका हुन्।

मनोनीत हुने केन्द्रीय सदस्यहरूमा गुल्मीबाट चन्द्र भण्डारी, अर्घाखाँचीबाट मानबहादुर विश्वकर्मा, पर्वतबाट अर्जुनप्रसाद जोशी, शिवप्रसाद हुमागाईँ काभ्रेपलान्चोकबाट मनोनीत भएका छन्। त्यसैगरि बाग्लुङ्गबाट किरणराज शर्मा पौडेल, भरतकुमार शाह रुपन्देहीबाट मनोनित भएका छन् भने शारदा पौडेल कास्की र अनिलकुमार रुङ्गटा पर्साबाट मनोनीत भएका हुन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.