Home समाचार धार्मिक सदभाव कायम राख्न सर्वपक्षीय सहमति, महानगरको अगुवाईमा सदभाव र्‍याली निकालिने

धार्मिक सदभाव कायम राख्न सर्वपक्षीय सहमति, महानगरको अगुवाईमा सदभाव र्‍याली निकालिने

by अंकुश दैनिक
0 views

वीरगन्ज ।

वीरगन्जमा आज बसेको सर्वपक्षीय बैठकले धार्मिक सदभावलाई कायम राख्ने सहमति गरेको छ ।


जिल्ला प्रशासन कार्यालय पर्सामा आज बसेको सर्वपक्षीय बैठकले यस्तो सहमति गरेको हो । सहमति पत्रमा राजनीतिक दल , नागरिक समाज, विभिन्न धार्मिक समुदायका अगुवा लगायतकाले हस्ताक्षर गरेका छन् ।

 

नेपालको बहुजातीय, बहुभाषिक ,बहुधार्मिक बिविधतानै नेपाली बिशेषता भएको तथ्यपूर्ण गरिमालाई सम्मान गर्न समेत बैठकले अपिल गरेको छ । बैठकले बिविधता वीचको एकता सामाजिक सास्कृतिक ऐक्यवद्धता सहिष्णुता र सदभावलाई प्रर्वद्धन र सम्बर्धन गर्न सवैमा आग्रह गरेको छ ।


बैठकले शान्ति अमन चयनमा खलल पुर्याउने खालका धार्मिक एंव सामुदायिक प्रकारका र्याली , जुलुश , प्रदर्शन वा बन्द हडतालको कार्यक्रम वा गतिविधि कुनैपनि समुदाय र संघसंस्थाले नगर्ने गरि सहमति कायम गरिएको बैठकमा सहभागी जसपाका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए ।

पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी शिव लम्सालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समिति पर्साका अध्यक्ष अजय सर्राफ , वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह,उपमेयर इम्तियाज आलम , पर्साका प्रहरी उपरीक्षक कोमल शाह ,नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी , प्रवक्ता रमेश पाण्डे , जसपा पर्साका अध्यक्ष रामनरेश यादव , सचिव तबरेज अहमद, नेकपा एमाले पर्साका संयोजक डाक्टर विश्वम्भर शर्मा, नेकपा एकिकृत समाजवादीका महानगर अध्यक्ष मनोज चौधरी , जनमत पार्टीका पर्सा संयोजक ओमप्रकाश सर्राफ , नेता शशीकपुर मियाँलगायतको सहभागीता रहेको थियो थियो ।

यसैवीच बीरगंज महानगरपालिकाको आव्हानमा वीरगञ्जमा धार्मिक सदभाव र्‍याली निकाल्ने तयारी गरिएको छ । वीरगञ्ज महानगरपालिकाले एक सूचना जारी गर्दै सोमबार विहान ११ बजे सदभाव र्‍याली निकाल्ने जनाएको हो।

वीरगञ्जको आर्दशनगरमा रहेको स्वीमिङ्गपुलबाट सदभाव र्‍याली निकाल्ने वीरगञ्ज महानगर पालिकाको सूचनामा भनिएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.