Home Top News वीरगन्ज भन्सारमा चरम भ्रष्टाचार

वीरगन्ज भन्सारमा चरम भ्रष्टाचार

by अंकुश दैनिक
1 views

वीरगन्ज ।

वीरगन्ज भन्सार कार्यालय एकीकृत जाँच चौकी आइसिपी  शसस्त्र प्रहरी बल नेपाल १३ नं गण पर्सा हेडक्वार्टर  र भन्सार भित्र रहेको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म मिलेमतोमा  विभिन्न नाकाहरुबाट खुलेआम दिन दहाडै तस्करी भई रहेको छ।

प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गाना र अधिकृत भरतमणि सापकोटाको गिरोहले न्युन विजकिकरणलाई बढावा दिएर आफ्नो गोजस्व भरी रहेका छन् ।

पशुपति रोड क्यारियर, सुगम परिवहन, विक्रान्त रोडवेज र पवनपुत्र ट्रान्सपोर्टबाट आउने प्राय सामानहरूमा मात्र दैनिक करोडौं रुपैया बराबरको राजस्व चुहावट भइरहेको छ।

भारतबाट झिकाइएको मालवस्तुको भंसार शुल्क निर्धारण गर्दा एक भाग सरकार एक भाग व्यापारी र एक भाग कर्मचारीले बाँडीचुँडी खाने नीति प्रमुख भंसार अधिकृतले बनाई दिएको भरपूर आनन्द व्यापारीहरूले उठाई रहेका छन्।

ढुङ्गानाको निम्ता मानेर पुराना खुंखार तस्करहरु एकिकृत भंसार कार्यालय आइसिपीबाट नै कारोबार गरिरहेका छन्। बेला बखत एउटै प्रज्ञापन बाट २र३ वटा गाडी सम्म लैजाने सुविधाको पनि तस्करहरुले भरपूर उपभोग गरी रहेका छन।

सेप्टेम्बर ९ तारीख युपी ७० एफ टी २५२५ नम्बरको ट्रकले हैदराबादबाट मकैको दाना लिएर वीरगन्ज भन्सारबाट प्रवेश गरी काठमाडौं सामान अनलोड गरेर सेप्टेम्बर १६ तारीख वीरगन्ज फर्कियो । आईसिपीको बाटो प्रयोग गरी भारत तर्फ जान खोज्दा गाडी नम्बर इन्ट्री गर्न कम्प्युटरले स्वीकारेन। किन भने त्यही नम्बर भएको अर्को मकैको दाना भएको गाडी भंसार यार्ड भित्र थियो । २७ टन लोड भएको मकै दानाको त्यो गाडी तौल कम देखाई पास हुने तरखरमा थियो।

हल्ला बवाल भएपछि सशस्त्र प्रहरीले दुबै ट्रक पक्राउ गरेर फेरि अनुसन्धानको लागि एकिकृत भंसार कार्यालयलाई नै जिम्मा लगाएको छ 

एकीकृत भंसार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालले अरविन्द एग्रो सेन्टरको नाउँमा मकैको दाना आएको र दुबै ट्रक नियन्त्रणमा रहेको र अनुसन्धान जारी रहेको बताउनु भयो।

यसै गरी भारतको बरौनीबाट नेपाल आयल निगमले झिकाइएको पेट्रोलियम पदार्थमा पनि व्यापक भंसार महसुल चुहावट हुने गरेको घटना सार्वजनिक भएको छ। भंसारमा खटेको सशस्त्र प्रहरीको टोलीले प्रज्ञापन पत्रमा उल्लेख गरेभन्दा बढी तेल बोकेको ट्यांकर अफ्नो नियन्त्रणमा लिए र तौल गराएपछि सो कुराको पोल खुलेको हो ।

बरौनीबाट ना ४ ख ३१५६ नम्बरको ट्यांकरले २१ हजार सात सय लिटर पेट्रोल बोकेर आएको भएता पनि भंसारमा २० हजार लिटर मात्र घोषणा गरेको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.