Home Top News सिंहासनको नेतृत्वमा गठन भएको समिती वैधानिक हो : सांसद यादव

सिंहासनको नेतृत्वमा गठन भएको समिती वैधानिक हो : सांसद यादव

by अंकुश दैनिक
0 views

बिरगंज ।

ज.स.पा पर्सा भित्र विगत केही बर्ष देखी सल्किदै भुषको आगो जस्तो विवाद बुधबार सतहमा आएको छ। पार्टी संसदीय दलको सचेतक र पर्सा क्षेत्र नं १ बाट निर्वाचित सांसद प्रदीप यादवको अगुवाइमा पर्सा जिल्लामा रामनरेश यादवको नेतृत्वमा रहेको जिल्ला कार्यसमिति भङ्ग गरी बहुदरामाई नगरपालिकाका मेयर सिंहासन साह तेलीको नेतृत्वमा जिल्ला कार्यसमिति पुनर्गठन गरिएको खबर बाहिर आएका छन ।

अंकुश दैनिकले माननीय सांसद प्रदीप यादवलाई तपाईको पार्टीको प्रमुख सचेतक जस्तो पदमा बसेको संसदीय परम्परा अनुसार अनुशासनमा बस्न सांसदहरुलाई व्हिप जारी गर्न सक्ने अधिकार भएको व्यक्तिले नै आफ्नो जिल्लामा अनुशासन हिन काम गरेको आरोप लाइदै छ भन्ने प्रश्न गरेको थियो ।

जवाफमा सांसद यादवले आफूले कुनै अनुशासन हिन काम नगरेको भन्दै पार्टीलाई चलायमान बनाउन नेतृत्व परिवर्तन गर्न आवश्यकता महसुस गरेर पार्टीका जिम्मेवार व्यक्ति,कार्यकर्ता र शुभचिन्तकहरुको सहमतिमा जिल्लामा समानान्तर कमिटी होइन बैधानिक समिति बनाएको दाबी गर्नुभयो ।

रामनरेश यादव जी को नेतृत्वमा रहेको तदर्थ समिति ६ महिनाको लागि थियो बढीमा एक वर्ष सम्म उहाँले आफ्नो पदीय जिम्मेवारी अनुसार अधिबेशन गरी सक्नुपर्नेमा चार वर्षसम्म आफ्नो जिम्मेवारी पूरा नगरेको र पार्टीलाई पंगु बनाएको कारण २०७४ सालको निर्वाचनमा हाम्रो गठबन्धनको चार वटै क्षेत्रमा सांसद जितेको, छ वटा प्रदेश सांसद,१० वटा स्थानीय तहकाे पद जितेको अहिले आएर म एक्लो सांसद आफ्नो जिल्लाबाट त्यो पनि झिनो मतले बहुत मेहनत गरेको कारण जित्न सके । दुईवटा प्रदेश सांसद र बिरगंज महानगरको मेयर सहित स्थानीय तहमा पनि हाम्रो उपस्थिती अहिले राम्रो छैन यद्यपि जिल्ला समन्वय समितिमा हाम्रै नेतृत्व छ । सांसद यादवले पार्टीको सर्कुलर हरेक प्रदेश,जिल्ला र पालिकाहरु लाइ रुपान्तरण गर्न आएको थियो त्यसलाई वेवास्ता गर्दै रामनरेशजी तदर्थबादमा रमाई रहेको परिणाम स्वरूप वहाँको नेतृत्वको वर्हिगमन भएको बताए । पूर्व मुख्यमन्त्री लालबाबु राउत जस्तो हेभिवेट नेताको साथ समर्थन त तपाईंलाई छैन नी ? भनी प्रश्नको जवाफमा माननीय यादवले माननीय लालबाबु जीलाई पार्टी अध्यक्ष माननीय उपेन्द्र यादव जीले भदौ ३१ गते भित्र पर्सा जिल्लाको विवाद मिलाउन समय सीमा दिएका थिए उहाँले सक्नुभएन, हेभिवेट को-को छ त्यो समयले बताउँछ भन्दै छ वटा केन्द्रीय सदस्य ३ वटा संघीय परिषद सदस्य, जितेका अधिकांश जनप्रतिनिधिहरुको साथ सहयोग आफुहरु सितको भएको बताउनुभयो ।

आफूले नै बनाएको रामनरेश यादव जीलाइ हटाउनका के-यस्तो बाध्यता आइपुग्यो भन्ने प्रश्नको जवाफमा माननीय यादवले जस्ले जसलाई बनाएको हुन्छ त्यो मान्छेले नै जब बनाउने मान्छेको जरा उखेल्न तिर लाग्छ त्याे बखत के गर्ने भनी प्रतिप्रश्न गर्दै म निर्वाचित सांसद मलाइ सोध्दै न सोधी मेराे वडा र क्षेत्र गठन गर्ने काम कारवाही एक माथी अर्को हुँदै गएपछी बाध्य भएर ‘हैसियत’ देखाउन र आम पार्टीको कार्यकर्ताहरुको भावनालाई आत्मसात गर्न यो कदम चालिएको बताउनु भयो ।

यस सन्दर्भमा पुर्व मुख्यमंत्री माननीय लालबाबु राउत सँग बुझ्दा गोलमटोल उत्तर दिँदै मिलेर हिँड्नुको विकल्प नभएको भन्दै सिंहासन साह तेलीको नेतृत्वमा गठन भएको जिल्ला कार्यसमिति बैधानिक अवैधानिक के हो सोध्दा खुलाउन चाहेनन् ।

उपदस्थ भनी चर्चा चलाएका ज.स.पा पर्साका सचिव तवरेज अहमदले आफूहरूको नेतृत्वमा रहेको समिति तदर्थ समिति नभएको जिकिर गर्दै लोकतान्त्रिक स्वेच्छाचारी प्रवृत्तिका व्यक्तिहरूको चलखेलबाट कुनै फरक नपर्ने भन्दै सिंगो जिल्ला कार्यसमिति सहित १२ वटा पालिकाको नेतृत्व आफूहरुसँग भएको दाबी गर्नुभयो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.