Home समाचार अभिनेता अनमोल केसी पक्राउ

अभिनेता अनमोल केसी पक्राउ

by अंकुश दैनिक
0 views

बिरगंज ।

अभिनेता अनमोल केसी पक्राउ परेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेपलाञ्चोकको साँगाबाट पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं एआईजी दीपक थापाले जानकारी दिए ।

चलचित्र ‘रावायण’मा काम गर्ने सहमति जनाएर पैसा लिएर सुटिङमा नआई ठगी गरेको भन्दै सुदर्शन फिल्म्सले दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेकाे हाे ।

उजुरी आएपछि अपराध अनुसन्धान कार्यालयले केसीलाई छलफलका लागि कार्यालयमा बोलाएको थियो। तर उनले अटेरी गरेपछि पक्राउ गरेकाे एआईजी थापाले बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.