Home समाचार सुधारगृहबाट भागेका कैदी ४८ घण्टा भित्र पक्राउ

सुधारगृहबाट भागेका कैदी ४८ घण्टा भित्र पक्राउ

by अंकुश दैनिक
0 views

अर्जुन गुप्ता,
बिरगंज ।

वीरगन्ज महानगरपालिका– ४ बिर्तामा रहेको बाल सुधारगृहबाट फरार रहेका दुईजना बाल बन्दी समातिएका छन् ।

गत असोज १२ गते शुक्रबार बिहान २ बजे जेलको काँडेतार काटेर फरार भएका दुवैलाई सर्लाही र सिरहाको सीमा क्षेत्रबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक दावा शेर्पा र प्रहरी नायब निरीक्षक विनोद काफ्लेको नेतृत्वमा छुट्टाछुट्टै खटिएको प्रहरी टोलीले उनिहरुलाइ पक्राउ गरेको प्रहरी उपरीक्षक शाहले बताए ।

फरार कैदीहरुलाई ४८ घण्टाभित्र पर्सा प्रहरीले पक्राउ गर्न सफल भएको हो।

कर्तव्य ज्यान मुद्दाका अभियुक्त सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव फरार भएका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.