Home समाचार विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश

विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट।
जिल्लाको गरुडा नगरपालिकाको जयनगरमा जनता समाजवादी पार्टी, नेपाल जसपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम सोमबार भव्यताका साथ सम्पन्न भएको छ।

चर्चित कलाकार राजकुमार साह , मोहर लाल पटेल, नवीन पटेल, दिलीप महाकाल, मिथिलेश यादवहितका स्टारहरु जनमत पार्टी, आजपा पार्टी ,नेपाली कांग्रेस र एकीकृत माओवादी पार्टी परित्याग गरी समाजवादी सांस्कृतिक संघमा जसपामा प्रवेश गरेका नव प्रवेशी कार्यकर्ताहरुलाई मधेस प्रदेश सरकारका पुर्व कृषि राज्य मंन्त्री योगेन्द्र राय यादवले स्वागत तथा बधाई दिनुका साथै फुलमाला , गमछा तथा अबिर लगाएर पार्टी प्रवेश गराएका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मंन्त्री यादवले भने, रौतहटमा जनता समाजवादी पार्टी, नेपाल जसपा प्रति आम जनताको लहर बढ्दै गएको उनले बताए । अब जसपा देश्मा ठुलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने समेत पुर्व मंन्त्री यादवले दावी गरे ।

जसपा नेपालको जिल्ला अध्यक्ष श्यामबिहारी यादवको प्रमुख आतिथ्यतामा भएको पार्टी प्रवेश कार्यक्रममा पुर्व मंन्त्री यादव लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.